२६ लाख बढीको चेक भेटियो जानकारीका लागि सेर गरौं

दाङ  मंसिर ७ ।  तुलसीपुर इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले २६ लाख बढीको चेक भेटाएपछि सम्बन्धित व्यक्तिलाई कार्यालयमा सम्पर्क गर्नका लागि अपिल गरेको छ।

 

गस्तीमा गएका प्रहरी नायब निरीक्षक प्रमोद भण्डारीको टोलीले बिहीबार बिहान तुलसीपुरको घोराही रोडस्थित राप्ती पेट्रोलपम्प नजिकै २६ लाख ४६ हजार ५०० रुपैयाँको तीन वटा चेक सडकमा भेटाएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दीपेन्द्र भण्डारीको नाममा रहेको एनआईसी एशिया बैकको चेकमा सिप्रदीका नाममा चेक काटिएको छ।

 

सिप्रदीका नाममा १० लाख ३४ हजार, ९ लाख ४० हजार र ६ लाख ७२ हजार ५०० रुपैयाँको चेक काटिएको छ। प्रहरीले भेटिएको चेक सम्बन्धित निकायलाई दिन विभिन्न संचार माध्यममा जानकारी गराउनुका साथै सम्बन्धित व्यक्तिलाई पनि सम्पर्क गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।