एपेन्डिसाइटिस रोग के कसरी लाग्छ, यसका लक्षण कस्ता हुन्छन पढेर सेयर गर्नुहोला

काठमाडौ मंसिर ८ कोही एपेन्डिसाइटिसलाई राम्रो व्याक्टेरियाहरुको घर भन्छन्, भने कोही यसलाई काम नलाने अंगको रुपमा लिन्छन् । एपेन्डिसाइटिस ठूलो आन्द्राको पुछारमा हुन्छ । हातको औला जस्तो देखिने चार इञ्च लामो यो अंगमा जब अवरोध हुन्छ, त्यतिबेला एपेन्डिक्स हुन्छ। एपेन्डिक्स एक प्रकारको मेडिकल इर्मजेन्सी हो ।

 

एपेन्डिक्स भएको २४ घण्टा देखि ४८ घण्टाभित्रमा शल्यक्रियाद्धारा यसलाई नहटाए विरामीको ज्यान समेत जानसक्छ ।एपेन्डिक्स कुनैपनि उमेर समूहका मानिसलाई हुनसक्छ । सामान्यतया १० देखि ३० वर्ष उमेर समुहका मानिसमा बढी देखिने यो समस्या महिलाको तुलनामा पुरुषलाई बढी हुने गर्दछ ।

 

एपेन्डिक्स हुनुको कारण  कव्जियत , क्यान्सर लगायतका कारण जब एपेन्डिक्समा कुनै पनि किसिमको अवरोध खडा हुन्छ, त्यतिबेला एपेन्डिक्स दोब्बर भई पेट फुल्ने तथा पेटमा संक्रमण हुन थाल्छ । जसले गर्दा एपेन्डिक्समा सुन्निने गर्छ । कब्जियतका कारण पनि मानिसहरुलाई एपेन्डिक्सको समस्या हुने भएकोले चिकित्सकहरु फाइबरयुक्त खानेकुरा खाने सल्लाह दिने गर्छन् ।

कसरी थाहा पाउने

१‍. पेटको दुखाई
२. हल्का ज्वरो
३. वान्ता आउने
४. खान मन नलाग्नु
५.कब्जियत
६. पखाला

पेटको दुखाईस्पेटको दुखाई एपेन्डिक्सको प्रमुख लक्षण हो । यदि पेटको दाहिने भागमा बेलाबेलामा दुख्छ भने एपेन्डिक्स हुने भय हुन्छ ।यस्तो दुखाई पेटमा रहेको एपेन्डिक्सको कारण बढी हुने गर्छ । जुन नाइटोको बीचबाट सुरु भई पेटको दाहिने तर्फको तल्लो भागसम्म पुग्छ, जहाँ एपेन्डिक्स हुन्छ । एपेन्डिक्सको दुखाई खोक्दा तथा हिँड्दा अझ बढ्ने गर्छ । खानामा अरुचीस्भोक नलाग्नु वा खान मन नलाग्नु पनि एपेन्डिक्सको प्रमुख लक्षण मध्यको एक हो। कयौ अवस्थामा खान मन नलाग्नुका साथै वाकवाकी लाग्ने गर्छ । यसका साथै तपाईलाई कब्जियतको समस्या पनि हुने गर्छ । यदी तपाईमा पनि यस्ता लक्षण देखिएको छ भने तुरुन्तै चिकित्सकका जानु उचित हुन्छ ।

 

 

ज्वरो आउनुस्एपेन्डिक्सको समस्या भएमा विरामीलाई हल्का ज्वरो आउने गर्छ । यस्ते ज्वरो सय डिग्री देखि १०३ डिग्रीको आसपास रहने गर्छ । जन हप्किन्स मेडिसिनका अनुसार एपेन्डिक्स भएको ४२ घण्टा देखि ७२ घण्टा भित्रमा फुट्न सक्छ । त्यसैले त्यो भन्दा अगाडी नै चिकित्सकका पुग्नु जरुरी छ । यदी तपाईलाई ज्वरोको साथमा कामज्वरो पनि आएको छ भने, त्यो एपेन्डिक्स फुटेको संकेत हुनसक्छ। त्यसैले, यदि तपाईलाई पनि एपेन्डिक्स भएको शंका लागेको छ भने तुरुन्तै चिकित्सकका जानु पर्छ ।

 

 

सामान्य पेट दुखाई र एपेन्डिक्स बीचको फरक

सामान्य पेट दुखाई र एपेन्डिक्सको बीच धेरै भिन्नता छ । यदी तपाईलाई केही समयको अन्तरालमा पेट दुख्ने समस्या छ र समयसँगै त्यो कम हुदै गएको छ भने बुझ्नुहोस् ।, त्यो सामान्य पेट दुखाई हो । सामान्य पेट दुख्दा वा ग्याष्ट्रिकको समस्या हुदाँ पूरै पटमा समस्या हुन्छ ।जबकी एपेन्डिक्स भएमा दुखाई निश्चित हुन्छ ।

 

त्यस्तो दुखाई नाइटो वरिपरि सुरु भई बढ्दै जान्छ । त्यसबाहेक, यदी तपाईलाई १२ घण्टा भन्दा बढी वाता तथा पखाला छ र सहनै नसक्ने पेट दुखेको छ भने पनि तपाईलाई एपेन्डिक्स भएको हुनसक्छ । जहाँ एपेन्डिक्स छ । यस्तो समस्या भएमा तुरुन्तै चिकित्सकसितको सल्लाह लिनुपर्छ । विभिन्न अनलाइनबाट