आज मिति २०७५ साल मङ्सिर ०९ गते आइतबार पशुपतिनाथकाे दर्शन गरि अाजकाे राशिफल पढ्नुहाेस् र सेयर गर्नुहाेस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ

पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह

गृहिणीले मानसिक तनाव, व्यापारीले घाटा, विद्यार्थीले अनावश्यक बखेडा र कर्मचारीले अपजस व्यहोर्नु पर्छ । यात्रा घातक बन्न सक्छ, सचेत र सावधान भई ड्राइभिङ गर्नुपर्छ अनि लामो यात्रामा जानु हुँदैन । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । स्वास्थ्यप्रति समेत सचेत रहनु होला ।

कर्कट ९हि, हु, हे, हो, डा, डि, डु, डे, डो

ठूलो लाभ लिन नसकिए पनि व्यावसायिक यात्राको सम्भावना छ । घरायसी परिबन्दका लागि चाहिने धनको जोहो हुनेछ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । आज काममा ढिलासुस्ती देखिन सक्छ, तर आम रूपमा बेफाइदा हुँदैन । घरमा विवाद, तनाव र असमझदारी बढ्नाले निर्णयमा पुग्न सकिंदैन ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे

तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । स्वास्थ्य सबल रहने छ ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो

मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । आत्मबलमा कमी आउने छ, निर्णय कार्यान्वयन हुन सक्दैनन् । हल्लाको भर पर्दा दुस्ख पाइने छ तर मिहिनेत गर्दा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ । तर मन भावना, खेलवाड र कल्पनामा अल्मलिन सक्छ ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते

धनागमको सङ्केत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्नेछ । मातृधनबाट लाभ प्राप्त हुने सम्भावना छ । महत्वाकाङ्क्षी योजना फलीभूत हुनसक्छन् ।

बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु

नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । नयाँ कारोबार वा साथीभाइबाट बढी फाइदा लिने समय छ ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । मनमा बसाइ सर्ने, सरुवा हुने, स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउन सक्छ । नयाँ काममा हात हाल्ने समय छ ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मन उत्ताउलो बन्नेछ, निर्णयक्षमतामा कमी आउनसक्छ । चन्द्रमा भए पनि आज मित्रवर्ग र सहयोगीहरूले मनले चाहेजस्तो साथ दिन सक्ने छैनन् । पुराना र रोकिएका काम पूरा गर्न धेरै समय लाग्नसक्छ । परिश्रम र कर्तव्यपालनाका कारण फुर्सद पाउन गाह्रो हुन्छ । अध्ययन–अध्यापनको क्षेत्रमा समय निकाल्न सकिंदैन । आर्थिक पक्ष धेरै बलियो छैन ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द

ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । सामान हराउने वा चोरी हुने सम्भावना छ । नियमित खर्चसमेत बढ्ने योग छ । आर्थिक सङ्कटले मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ । टाढाको यात्रा फलदायी हुँदैन ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मनमा उत्साह र उमङ्गको कमी देखिने छ, शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनु होला । मातापिता र अभिभावक वर्गसँग सामीप्यता राख्न सके राम्रो हुन्छ । अरुको हीतका लागि गरिएको कामबाट लाभ लिन सकिने छैन, राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको जाति हुन्छ । घरपरिवारमा सामान्य छ ।