६० वर्ष नाघेपछि सबै श्रमिकलाई पेन्सन


काठमाडौं  मङ्सिर ११। निजी क्षेत्रमा कार्यरत श्रमिकलाई अवकाशपछि आजीवन निवृत्तिभरण ९पेन्सन०को व्यवस्थासहित सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु गरेको छ।

यसको औपचारिक सुरुवात सरकारले मंगलबारदेखि गर्दैछ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकको योगदानमा स्थापना गरेको सामाजिक सुरक्षा कोषबाट वृद्ध अवस्था, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुरक्षा योजना कार्यक्रम सुरु गरेको छ।

 

‘निजी क्षेत्रका कम्तीमा ३५ लाख श्रमिकको सामाजिक सुरक्षा ग्यारेन्टी गर्न कार्यक्रम लागु गरिएको हो,’ श्रममन्त्री गोकर्ण विष्टले भने, ‘श्रमजीवी वर्ग नयाँ युगमा प्रवेश गर्नेछ।’ सामाजिक सुरक्षा कोषबाट आजीवन पेन्सनलगायत सुविधा पाउन श्रमिक र तिनको रोजगारदाता कम्पनीले कोषमा जागिर अवधिभर निश्चित रकम योगदान गर्नुपर्नेछ। कोषमा झन्डै १९ अर्ब ३३ करोड रुपैयाँ जम्मा भइसकेको छ। आजको कान्तिपुर दैनिकमा छ ।