‘विप्लवजी खुलमखुला हुनुहुन्छ, भूमिगत भन्ने शब्द षड्यन्त्रकारी हो’

काठमाडौँ, मंसिर १२ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफ्नो पार्टीलाई खुला राख्दै पार्टीका सांगठनिक संरचना र गतिविधि भने भूमिगतरुपमा गर्दै आएको छ ।

 

पार्टी पुनर्गठन दिवसको अवसर पारेर केही दिनअघि काठमाडौँमा आयोजित कार्यक्रममा उक्त पार्टीका महासचिव विप्लव सार्वजनिक नभए पनि देशभित्रै रहेको दाबी गरिएको छ ।

 

यद्यपि नेकपाले विप्लवले नै सो सभामा सम्बोधन गर्ने बताउँदै आएको थियो ।उक्त सभाको प्रमुख वक्ताको रुपमा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले सम्बोधन गरेका थिए ।

 

उनले भने, ‘महासचिव विप्लवजी खुलमखुला नै हुनुहुन्छ । सजिलै भेट्न सक्नुहुन्छ हजुरले पनि । कुन कार्यक्रममा को जाने भन्ने निर्णय पार्टीले आवश्यकता हेरेर गर्छ । भूमिगत भन्ने शब्द षड्यन्त्रकारी हो जस्तो लाग्छ ।’ आजको नेपाल समाचारपत्रबाट  ।