ओली सरकारको नया युगमा मुख्यमन्त्रीले नै बालिकालाइ बलात्कार गरेको आरोप

काठमाडौँ , मंसिर १२ येही हो नया युग ओली सरकारको नया युगमा मुख्यमन्त्रीले नै बालिकालाइ बलात्कार गरेको आरोप 

मुख्य मन्त्रीमाथि नै यौनजन्य क्रियाकलाप अनि बलात्कारको आरोप लाग्छन भने देश को सम्वृद्धि कसरि हुन्छ  सामाजिक सञ्जालमा ‘मि टु’ को चर्चाकम भइरहँदा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईमाथि यौन हिंसाको आरोप लागेको छ । युवासंघकी पूर्वकेन्द्रिय सदस्य र प्रधानमन्त्री सचिवालयको अधिकृतसम्म भइसकेकी बालिका खड्काले राईलाई उक्त आरोप लगाएकी हुन् । राईले गरेको यौन हिंसाबारे उजुरी गर्दा उनलाई प्रधानमन्त्रीको सचिवालयसँगै युवासंघको केन्द्रिय सदस्यबाट पनि निकालिएको उनको भनाइ छ ।

 

राईले आफूलाई मेसेजमार्फत र प्रत्यक्ष रूपमा बारम्बार यौन दूर्व्यवहार गरेको बालिकाको आरोप छ । यतिमात्र होइन, विद्यादेवी भण्डारी दोस्रो पटक राष्ट्रपति भएको समयमा शितलनिवासमै राईले आफूलाई यौन दुव्र्यवहार गरेको बालिकाले बताइन् । बालिकाले राईले आफूमाथि गरेको यौन हिंसाबारे पार्टी कार्यालयमा निवेदन दायर गरेकी छन् । यसलाई आरोप नभएर सत्य घटनामा आधारित भएको उनको जिकिर छ । घटना सत्य नभइदिएको भए आफू शक्तिशाली स्थानामा हुँदा हुँदै पनि यस घटनालाई कोट्याएर प्रोत्साहन गर्ने रहर नहुने उनले बताइन् ।

 

 

नेपाल आजलाई दिएको अन्तर्वार्तामा बालिकाले आफ्नो शंवेदनशील अंगमा शेरधनले हात हालेको बताएकी छन् । राई मन्त्री हुनु अघि नै घटना भएपनि बालिकाले योे कुराबारे अहिले आएर मुख खोलेकी हुन् ।
बच्चामा माओवादीबाट प्रभावित भएकी बालिकाले एमालेबााट औपचारिक रूपमा राजनीतिमा होमिइन् । गाउँ फर्किएर गाउँबाट सक्रिय राजनीतिको सुरुवात गरिन् र गाउँपार्टीे कमिटीको उपसचिव, पार्टीको क्षेत्रीय कमिटी सदस्य, युवासंघको केन्द्रको विभाग हुँदै निर्वाचित केन्द्रीय सदस्य, महिला युथफोर्सको केन्द्रीय सचिव र प्रधानमन्त्रीको स्वकीय अधिकृत भएर काम गर्ने मौका पाइन् ।

 

 

आफूले राईलाई नेताको रूपमा हेरेपनि राइले आफूलाई नेता नभई नराम्रो नजरले हेर्ने गरेको र पछि आफूूसँग अस्वभाविक र हिंसात्मक भएको बालिकाले बताइन् ।

 

उनी युवासंघको केन्द्रीय सदस्य हुँदा राईलाई युुवासँघमा पार्टीले इन्चार्ज बनाएर पठाएको रहेछ । बालिकाको अनुसार त्यहीँ उनीहरूको पहिलो भेट भयो । पहिलो भेट पछि राईसँगका भेटहरू बालिकालाई पनि रोचक लाग्न थाल्यो । तर पछि राई आफूसँग अस्वभाविक र अव्यवहारिक ढंंगले प्रस्तुत भएको बालिकाको कथन छ ।

 

विद्यादेवी भण्डारी राष्ट्रपति भएको दिन शितल निवासमै राईले यौैन हिंसामा परेकोसुनाउँदै उनले राईले आफ्नो संंवेदनशील अंगमा हात छोएको र अश्लिल व्यवहार गरेको बताइन् । यसअघि उनले भनिन्, (उहाँले सबै पार्टी कार्यकर्ताहरूकै अघि त्यस्तो अभद्र व्यवहार गरेपछि कसैले केही भन्न पनि सकेनन् । मैले पनि केही भन्न सकिन । त्यतिबेला मलाई एकदम पीडाले पोल्यो । एउटा व्यवहारिक र परिपक्क व्यत्तिबाट यस्तो भयो कुनै समय आउला भन्ने सोचेर पनि सहनुपर्ने बाध्यता थियो ।

 

बालिकालाई सुरूमा त राई अविवाहित हुन् भन्ने कुरा थाहा थिएन । पछि थाहा भइसकेपछि दुईबीच प्रेम हुन थाल्यो । तर, अहिले आएर त्यो प्रेम नभएर यौैन हिंसा भएको बालिकाको बुझाइ छ ।

 

राईले व्यवहारमा आफूलाई प्रेमीका या श्रीमतीजस्तो व्यवहार गरेको तर सम्बन्धबारे केही निष्कर्ष ननिकालेको या भनौं सम्बन्धलाई कुनै पनि नाम दिन नसकेको बालिकाले बताइन् । त्यसक्रममा राईले बालिकालाई सांकेतिक मेसेज पठाउन थाले । जुन सांकेतिक मेसेज यौन हिंसाभित्र पर्छन् ।

 

राईविरूद्ध निवेदन दायर गरिसकेपछि प्रधानमन्त्रीले पनि एकहोरो आफूलाईमात्र गाली गरेको बालिकाले बताइन् । न्यायको लागि उनले पार्टीका उच्च पदस्थ व्यक्तिहरु झलनाथ खनाल, माधवकुमार नेपाल,वामदेव गौतमलाई पनि भेटिन् । तर सबैले यस कुुरामा उनीहरू दुवै उत्तिकै जिम्मेवार भएको बताए । सबैले बालिकालाई यो कुरा पार्टी अध्यक्षसँग गएर भन्न सुझाए ।

 

बालिकाले राईले गरेको यौन हिंसाको उजुरी प्रहरीमा पनि दिइन् । तर, प्रहरीले उक्त उजुरी लिन मानेन । राईसँगै सल्लाह गरेर घटना मिलाउनु भन्ने प्रहरीले जवाफ दियो । त्यसपछि उनी बारम्बार प्रधानमन्त्री, राष्टपतिलाई भेट्न धाइरहेकी छिन् । तर कोही पनि उनलाई भेट्न चाहँदैनन् ।

 

राईले गरेको यौन हिंसाको प्रमाणका आधार देखाउँदै उनले भनिन् ,(प्रमाणित गर्न सक्छु किनभने मलाई जागिरबाट निकालिएको छ । केही सम्बन्ध नभइ एक्कासी मलाई त्यो सिफारिस गर्दैन थिए होला । जब म प्रधानमन्त्रीको सचिवालयमा पुगेँ त्यहाँ नै मलाई धेरै यातना दिइयो । म पूर्णतः विश्वस्त छु कि ममाथि अन्याय, हिंसा भएकै हो र म गलत साबित हुने छैन ।नेपाल आजमा समाचार छ ।