संघीय समाजवादी फोरम फुटको सघारमा

काठमाडौैं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम फुटको सघारमा पुगेको छ । पार्टीको २ नम्बर प्रदेश अध्यक्ष रेणु यादवले अध्यक्ष यादवसंग दिवसलाई कालोदिनको रुपमा नमनाउने पक्षमा अध्यक्ष उपेन्द्र यादव थिए । तर प्रदेश न २ की अध्यक्ष रेणु यादवले संविधान दिवसलाई कालोदिनको रुपमा मनाउने निर्णय गरी विज्ञप्ति नै जारी गरिन् । त्यो विज्ञप्तिका विरुद्ध केन्द्रबाट सहप्रवक्ता प्रकाश अधिकारीले अर्को विज्ञप्ति निकालेपछि फोरममा विवादले उग्ररुप लिएको थियो ।

 

अन्ततः अध्यक्ष यादव काठमाडौंको सैनिक मञ्चमा आयोजित संविधान दिवस मनाउने मूल समारोह समितिमा बसेर पनि कार्यक्रममा सहभागी नभई बहाना बनाएर राजबिराज गएका थिए । यदि अध्यक्ष यादव त्यतिबेला संविधान दिवसमा सहभागी भएको पार्टी फुटाउने पक्षमा २ नम्बर प्रदेश अध्यक्ष रेणु यादव र मुख्यमन्त्री लालबाबु राउत गद्दी थिए ।

संविधान दिवस देखिने विवाद हो । तर फोरम केन्द्र सरकारमा सहभागी भएपछि नै विवाद छ । बीरगज महानगरपालिको मेयरदेखि प्रतिनिधिसभा र प्रदेशसभामा पर्सामा पार्टीलाई जिताउने प्रदीप यादवलाई मन्त्री नभए पनि राज्यमन्त्री बनाउने आश्वासन अध्यक्ष यादवले दिएका थिए । तर उनले प्रतिनिधिसभा चुनावको २ महिनाअघि मात्र नया“शक्तिबाट फोरममा आएका सुरेन्द्र यादवलाई टिकट दिए ।

सांसद जितेपछि उपेन्द्र यादवले उनैलाई स्वास्थ्य राज्यमन्त्री बनाए । जसका कारण फोरममा चरम विवाद हुँदैआएको छ । मधेश आन्दोलनमा ज्यानको पर्वाह नगरी लडेका प्रदीप यादवहरु उपेक्षित भएका छन् भने एकरत्ति योगदान नभएका सुरेन्द्र यादव स्वास्थ्य राज्यमन्त्री भएका छन् ।

सुरेन्द्र यादवलाई मेडिकल माफियाहरुको सल्लाहमा उपेन्द्र यादवले राज्यमन्त्री बनाएको आरोप छ । राज्यमन्त्री सुरेन्द्रमार्फत् उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयका नियुक्तिदेखि सरुवा बढुवा र ठेक्कापट्टामा रकम संकलन गरेका छन् । उपेन्द्र यादवले आफ्नै क्षेत्रका मतदाता सचिव डा। पुष्पा चौधरीलाई हटाएकोमा पनि पार्टीभित्र उनी आलोचनाको पात्र भएका छन् ।

 

फोरमका प्रतिनिधिसभामा १७ सांसद छन् । राजनीतिक दलसम्बन्धी ऐनमा पार्टी फुटाउनका लागि ४० प्रतिशत सांसद र ४० प्रतिशत केन्द्रीय सदस्य पु¥याउनुपर्ने प्रावधान छ । उपेन्द्र यादवका बिरोधीहरुले सांसदको संख्या पु¥याए पनि केन्द्रीय सदस्य पु¥याउन निकै कठिन भएकाले पार्टी फुटिहाल्ने संभावना कम रहेको स्रोतको दावी छ ।