कालापानी नक्सामा गायब गर्नु राष्ट्रको नाममा गद्दार: नेता सीपी गजुरेल


बुटवल  मंसिर १६। देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले कम्युनिष्टको दुइतिहाइ बहुमत देशका लागि अभिषाप भएको दाबी गरेका छन् । ‘यो सब हुँदाहुदै पनि यो सरकार ढल्नेवाला छैन, दुभाग्र्य, संबिधानमै यस्तै ब्यबस्था छ,ओलीको तानाशाही शैली र प्रमुख प्रतिपक्षी रुजेको बिरालोजस्तो भो’ गजुरेलले भने ।

रिपोर्टर्स क्लब नेपाल प्रदेश–५ ले  बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अहिले सरकार नया युगको कुरा गर्दै पोल पोलमा फोटो राख्ने गरिएको अव श्री ५ केपी ओली लेख्न मात्रै बँकी छ ।’

 

नेपाली काँग्रेसले पनि प्रतिपक्षको भुमिका देखाउन नसक्दा भिजेको विरालोजस्तै भएको उनको तर्क छ । उनले ओली सरकारले जतिसुकै गम्भिर गल्ती गरेपनि दुई तिहाईको सरकार हट्न नसक्ने अवस्था रहेको कारण जनतामा निराशा छाएको बताए ।

‘९ महिनामा सरकारले नै देशमा राष्ट्रिय स्वाधिनताको उपहास’

९ महिनामा सरकारले नै देशमा राष्ट्रिय स्वाधिनताको उपहास गरेको भन्दै जसले बितृष्णा जगाउने काम गरेको बताए । उनले भने–वामपन्थी पनि होइन, प्रतिक्रियाबादीहरुको सरकार बन्यो ।’ सरकारले राष्टियताको उपहास गरेको भन्दै नक्सामा कालापानी गायब गर्नु राष्ट्रको नाममा गद्दार गरेको उनको आरोप छ ।

 

सरकारले कम्युनिष्टकै नाममा कम्युनिष्टकै उपहास गरेको भन्दै गजुरेलले आक्रोश पोखे । करको दायरा फराकिलो बनाउने बहानामा दुनियाँमा नै नभएको विभिन्न दरहरु बढाएकोमा उनको आपत्ती छ ।

 

देशका समस्याहरु समाधान गर्नुको सट्टा सरकारले सेवासुविधा बढाउन तर्फलागेको भन्दै उनले सरकार नै फेल भएकोे जिकिर गरे ।
निर्मला पन्तको बलात्कारपछिको हत्या काण्डमा सरकार पुर्ण रुपमा नै असफल भएको नेता गजुरेलको आरोप छ ।
अब विस्तारै यो घट्ना अन्तर्राष्ट्रियकरण हुन थालेको भन्दै यसमा देशको अवस्था के कस्तो छ । भन्ने विषयमा जनताले बुझ्ने बेला आएको उनको तर्क छ ।

 

उनले सरकारले शिक्षामा माफियाकरण गरेको भन्दै डाक्टर गोविन्द केसीको माग पुरा गर्न नसक्नु आँफैमा लज्जाको विषय भएको पनि बताए । उनले भने –‘माफियाहरुकै कब्जामा देश रहेको छ, दलाल र नोकरसाही पुँजीपतीको कब्जामा देश गैसक्यो ।’

 

वाईडबडी खरिद प्रक्रियामा भएको भ्रष्टाचारले पञ्चायतमा पञ्चेहरुले गर्ने भ्रष्टाचारभन्दा पनि बढि भएको उनको दाबी छ । मन्त्रीहरुकै संलग्नतामा भएको भ्रष्टाचारलेले देश कंगालीकरणतर्फ अगाडी बढेको पनि गजुरेलले आरोप लगाए ।

 

त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले १८ करोडको गाडी किन्नु गरिब जनतालाई उपहास गर्नुबाहेक केही नभएको नेता गजुरेलको भनाई रहेको छ । अस्पतालमा विरामीहरुको बिजोग रहेको बेला जनताको सेवाभन्दा पनि सेवासुविधा वृद्धिमा लागेको भन्दै उनले हेलीप्याड सहितको राष्ट्रपति निवास बनाउन खोज्नु आँफैमा लज्जाको विषय भएको आरोप लागाए ।