पानीमा डुबेर एक बालिकाको मृत्यु

अछाम, मंसिर १७ । अछाममा पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल बजार नगरपालिका–५ कुइका कटकबहादुर चलाउनेकी २ वर्षीया छोरी मनिषा चलाउने रहेकी छन् ।

 

सोमबार दिउँसो ३ बजे घर नजिकैको भैसीको पानी खाने खालामा डुबेर मृत्यु भएको हो । घरमा कोही नभएको बेला खेल्नेक्रममा पानीको खालमा डुबेर मृत्यु भएको कमल चलाउनेले जानकारी दिए ।