निर्मलाका लागि अधिकारकर्मी महिला सडकमा सुतेर न्याय माग्दै

कञ्चनपुर, मंसिर १८ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालीका(२ की १३ वर्षीया निर्मला पन्तका लागि कञ्चनपुका महिला अधिकारकर्मीहरुले आँखमा कालोपट्टि बाँधेर जिल्ला प्रशासन कार्यालय अगाडिको सडकमा सुतेर मंगलवार न्याय मागेका छन् ।

 

निर्मलाको हत्या भएको एक सय २९ दिन वितिसक्दा समेत न्याय नपाईएको अधिकारर्मी महिलाहरुले बताउँछन् । ‘सरकारले नसुने पछि सडकमा सुतेका हौं । हामी नारी सरकारका घरका इज्जत हौं । सम्पती हौं । अधिकारर्मी सारदा चन्दले भनिन्, ‘शुरक्षाको जिम्मा सरकारको हो । सडमा सुते पछि सरकारलाई लाज लाग्नु पर्छ ।’

 

‘देशभरीका छोरीहरुको शुरक्षाका लागि सडकमा सुत्न बाध्य छौं ।’ विधिको शासन अन्र्तगत न्याय मागेका हौं । पितृसत्पात्मक समाज छ ।’ उनले थपिन्, ‘सडकमा सुत्दा हाम्रो इज्जत कति उछालिन्छ थाहा छैन । महिलाले सडकमा सुत्दाको अबस्था के हुन्छ थाहा छ । निर्मला जस्ता अन्य छोरीहरुको न्यायका लागि सडकमा सुतेका हौं । छोरी आमाहरु को शुरक्षा हुनु पर्छ ।’ महिला माथि भैरहेका हिंसाका घटना रोक्न अधिकारर्मी महिलाहरुले माग गरेका छन् ।

 

निर्मलाकी कान्छी आमा लक्ष्मीदेवी पन्तले न्याय माग्नका लागि सडकमा सुत्नु परेको बताएकी छिन् । सरकाले न्याय दिनु पर्छ उनले भनिन्, ‘निर्मलाको घटना अन्र्तराष्ट्रियकरण भैसकेको छ । सरकारले न्याय नदिई सुखै छैन ।’

 

जिल्ला प्रशासनको कार्य प्रभावित

निर्मलाको न्यायका लागि संघर्ष गर्दै आएका अधिकारकर्मीले जिल्ला प्रशासन कार्यालयको गेट नजिकै बसेर विरोध गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको कामकाज प्रभावित भएको छ ।

 

आन्दोलनकारीहरुले कार्यालयको गेट बन्द गरी सरकार भेटियो, न्याय भेटिएन लेखिएको पोष्टर प्रदर्शन गरी बसेपछि सेवाग्राहीहरुले कार्यालय भित्र प्रवेश गर्न पाएका छैनन् । सोमबारदेखि कार्यालयको गेट अगाडी बसेर आन्दोलनकारीहरुले धर्ना कार्यक्रमलाई निरन्तरता दिदै आएका छन् । बुधवार आन्दोलनकारीहरुले लालटेन जुलुस प्रदर्शन प्रदर्शन गर्ने जनाएका छन् ।