दक्षिण कोरियाले १० वर्षे मल्टिपल भिसा दिने

काठमाडौ, मंसिर १९ । दक्षिणपूर्वी एसियाली मुलुकहरुबाट दक्षिण कोरिया घुम्न आउने पर्यटकहरुले अब १० वर्षे मल्टिपल बहुप्रवेश भिसा पाउने भएका छन्। कोरियाको न्याय मन्त्रालयका अनुसार बहुप्रवेश भिसा पाउने मुलुकहरुमा नेपाल, भारत, बंगलादेश, म्यान्मार, कम्बोडिया, श्रीलंका, इन्डोनेसिया, लाओस, पाकिस्तान, फिलिपिन्स र भियतनाम छन्।

 

डिसेम्बरबाट लागू हुने नयाँ भिसा नियमअनुसार कोरियाका लागि एकपटक भिसा प्राप्त गरेपछि १० वर्षसम्म आवतजावत गर्न पाइने छ। यसले वर्षेनी कोरिया घुम्न जाने पर्यटकलाई सहज भएको छ ।

 

यसअघि यी मुलुकका नागरिकले कोरियाका लागि प्रत्येकपटक भिसा प्राप्त गर्न आवेदन दिनुपथ्यो बहुप्रवेश भिसाका लागि डाक्टर वकिल, प्राध्यापक, इन्जिनियरहरुलगायत उच्च तहतप्काका कार्यरत नागरिकहरुले आवेदन दिनसक्ने छन्।

 

यस्तै स्थानीय विश्वविद्यायबाट चारवर्षे स्नातक तथा स्नातकोत्तर डिग्री हासिल गरी प्रोफेसनल रुपमा स्थापितहरुले पनि आवेदन दिन पाउनेछन्।   कारोबार दैनिकबाट।