आफ्नै बुवा र ठुलोबुवाको हत्या गर्ने पक्राउ

कैलाली, २१ मंसिर । कैलालीको लम्कीचुहा नगरपालिका बलिया गाउँका जहरीलाल चौधरीले आफ्नै बुवा र ठुलोबुवाको हत्या गरेका छन् भने आमालाई घाइते बनाएका छन् । मृत्यु हुनेमा जहरीलाल चौधरीका बुवा चक्रा थारु र ठूलोबुवा पल्टु थारु रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

चौधरीले निजकी श्रीमतीलाई आफुलाई नसोधीकन माइत पठाएको भन्दै आफ्नै बुवा र ठूलो बुवालाई घरभित्रै थुनेर कुटपिट गरी हत्या गरेका छन् भने आमा द्धिलबाहादीदेवी चौधरीको टाउको र बायाँ कानमा चोट लागेका कारण स्थानीय लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ । हत्यारा जहरिलाललाई प्रहरीले पक्राउ गरिसकेको र उनले हत्या स्विकारीसकेको कैलाली प्रहरीले जानकारी दिएको छ ।