तीन दिन भित्र काठमाडौं फर्कन अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पालाई निर्देशन

काठमाडौं ,मंसिर २२। सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई फिर्ता बोलाउने तयारी गरेको छ । राजदूत शेर्पाका पूर्व सवारी चालक वाङ्छु शेर्पाले मानव ओसारपसारको आरोप लगाएपछि सरकारले यसलाई गम्भिर रुपमा लिएको हो ।

शेर्पालाई फिर्ता बोलाउन नेकपाभित्रै चर्को दबाव छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि परराष्ट्रमन्त्रालयले स्पष्टिकरणका लागि तीन दिनभित्र काठमाडौं आउन निर्देशन दिएको छ।मन्त्रालयलाई उनले दिएको जवाफ चित्त नबुझेपछि राजदूत शेर्पालाई काठमाडौं बोलाइएको हो ।

‘राजदूतले मन्त्रालयलाई दिएको जवाफ चित्त बुझ्दो छैन्, उनलाई फिर्ता गर्नुभन्दा पहिला मन्त्रालयले एक पटक सत्य तथ्य बुझ्छ अनि आवश्यक निर्णय गर्छ । मन्त्रालयका एक उच्च अधिकारीले भने । ’

 

पूर्व सवारी चालकका कारण राजदूत शेर्पा विवादमा तानिएपछि मन्त्रालयले आन्तरिक रुपमा तीन सदस्यीय छानविन समिति समेत गठन गरेको छ । समितिले छानविन प्रयोजनका साथ शेर्पालाई स्पष्टिकरणका लागि बोलाएको बतायो । समितिमा सहसचिव मणि भट्टराई, दिपक अधिकारी र तपस अधिकारी छन् ।