पाँच वर्षीय बालिकामाथि सामूहिक बलात्कार गर्ने ६ जना प्रक्राउ


रूपन्देही मंसिर २२। जिल्लाको देवदहमा ५ वर्षीय बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । जसमध्ये २ जना बलात्कारी नै भएको पुष्टि भएको छ।

पक्राउ परेका अन्यमाथि थप अनुसन्धान सुरु भएको घटनास्थलमै रहेका इलाका प्रहरी कार्यालय बुटवलका इन्स्पेक्टर ऋषिराम घर्ती मगरले बताए। पक्राउ परेकाहरूमा देवदह  ६ का २२ वर्षीय लक्ष्मण बिक र, देवदह ७ का १८ वर्षीय जीवन खत्रीले बलात्कार गरेको स्वीकारेको प्रहरीले बताएको छ।

 

त्यस्तै अनुसन्धानका लागि स्थानीय राजु परियार, बोधे विक, दिनेश विकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। खैरेनीमा रहेको बालिकाकै घरनजिकै उनीमाथि बलात्कार भएको हो।

 

बालिकाकी आमा सुत्केरी बस्न माइत गएको र घरमा बुबा पनि नभएको अवस्थामा सो घटना भएको हो। ती बालिकालाई थप उपचारका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा ल्याइएको छ।