निर्मलाको न्यायका लागि आँखामा कालोपट्टि बाँधेर तराजु हातमा लिई विरोध

कञ्चनपुर,मंसिर २३ । निर्मलाको न्यायका लागि नागरिक संघर्ष समितिले आज जिल्ला प्रशासन कार्यालय अगाडी आँखामा कालोपट्टि बाँधेर तराजु हातमा लिई विरोध प्रदर्शन गरेका छन ।

 

सरकार अन्धो भन्ने कुराको संकेत गराउदै विरोध प्रदर्शन गरिएको अधिकारकर्मी महिलाहरुले बताएका छन । निर्मलाका परिवारलाई न्याय दिनु परयो । निदोर्ष नफसोस, दोषि चाडो भन्दा चाडो सार्वजनिक गरियोस भने आन्दोलन गरिएको अधिकारकर्मी सारदा चन्दले बताईन ।

 

अधिकारकर्मी महिलाहरुले आधा घण्टा नेपाली झण्डा सहित जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएका छन । यस अघि अधिकारर्मीहरुले दिउसै टर्च बालेर, मानव साङलो बनाए र सडकमै सुतेर विरोध प्रदर्शन गरेका थिए ।