बलात्कारी र भ्रष्टाचारीलाई फाँसी र मृत्युदण्ड दिने कानुन बनाउँछु :मूख्यमन्त्री राउत

काठमाण्डौ मङ्सिर २४। प्रदेश दुईका मूख्यमन्त्री लालबाबु राउतले तराई–मधेशमा अराजक गतिविधि गरेको भन्दै सिके राउतलाई राष्ट्रघातीको संज्ञा दिएका छन् । राउतले मधेशी जनता राष्ट्रवादी भएको भन्दै सिके राउत चाँही राष्ट्रघाती भएको जिकिर गरे ।

 

सिके राउतको राजनीति आफूहरुलाई मन नपरेको राउतले बताए । राउतले आफू नेतृत्वको २ नम्बर प्रदेश सरकारले अब बलात्कारी र भ्रष्टाचारीलाई फाँसी र मृत्युदण्ड दिने घोषणा गरेका छन् । केन्द्र सरकारले पनि बलात्कारीलाई फाँसी दिने घोषणा नगरेको अवस्थामा मुख्यमन्त्री राउत केन्द्रिय सरकारभन्दापनि एक कदम माथि उठेर यस्तो सनसनीपूर्ण घोषणा गरेका छन् ।