विद्यालयमा नर्स अनिवार्य

काठमाडौं, मंसिर २५ । सरकारले देशभरका निजीसहित सबै विद्यालयमा नर्सको दरबन्दी अनिवार्य गर्दै पदपूर्ति प्रक्रिया अघि बढाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा देशभरका सामुदायिकसँगै निजी विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अघि सारिएको हो।

मन्त्रालयले नियुक्ति प्रक्रिया अघि बढाइसक्दा समेत आवश्यक बजेटको भने व्यवस्था गरिएको छैन। निजीले आफ्नै तथा सामुदायिकले सरकारी स्रोतमा नर्स नियुक्ति गर्ने प्रावधान राखिए पनि बजेट भने विनियोजन  भएको छैन्।

 

देशभर ३४ हजारभन्दा बढी विद्याय छन् भने नर्सिङ काउन्सिलका अनुसार देशभर ८५ हजार नर्स छन्। हाल आधारभूत तहमा स्टाफ नर्स र प्लस टु तहसम्म बीएन ९स्नातक उत्तीर्ण० लाई काममा लगाइएको नेपाल नर्सिङ एसोसिएसनकी अध्यक्ष तारा पोखरेलले बताइन्।समाचार राजधानी दैनिकबाट,