आज मिति २०७५ साल पौष ०२ गते सोमबार भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस् र सेयर गर्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ

काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ। मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। तर उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप र जिम्मेवारी बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। साँझतिर स्थितिमा सुधार आउनाले उत्साहित भइनेछ। तर आफ्ना कमजोरी बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।

बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। परिस्थितिवश अरूका लागि अलमलिनुपर्नेछ। सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेनेछन्। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ हुनेछ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह

घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि बोली–व्यवहारमा विशेष ध्यान पुर्याउनुहोला। समस्या पर्दा शुभचिन्तकहरूको साथ जुट्नेछ। साँझतिर भने स्वास्थ्यमा कमजोरी र काममा चुनौती देखिन सक्छ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै मानसम्मान पाइनेछ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे

समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउनेछ। कामको गति र समयको तालमेल नमिल्न सक्छ। हल्लाको पछि लाग्दा दुस्ख पाइनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ भने मिहिनेतले राम्रो प्रतिफल दिलाउनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो

जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा दुस्ख पाइनेछ। समयमा निर्णय लिन नसक्दा काम बिग्रन सक्छ। बेसुरको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। परिवारजनको सहयोगले काम बनाउन सकिनेछ। साँझतिर अलमल र कमजोरीको समय देखिन्छ। मिहिनेतले मात्र काम सम्पादन हुनेछ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते

साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर भने काम बिग्रने भयले सताउन सक्छ।

बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु

तार्किक क्षमता बढ्नेछ भने मिहिनेतले लक्ष्यमा पुर्याउन सक्छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। सानो प्रयत्नले ठूलो काम बन्न सक्छ। कामले सम्मानित स्थान दिलाउनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूको माध्यमबाट राम्रै फाइदा हुनेछ। साँझतिर आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

समय लागे पनि तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुनेछन् र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटले आनन्द दिलाउनेछ। साँझतिर लेखन तथा सिर्जनात्मक काममा रुचि बढ्नेछ। काम पूरा नभए पनि सम्मानित स्थान प्राप्त गर्न सकिनेछ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि

भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना छ। साँझतिर अधुरो काम बन्नेछ र रमाइलो भेटघाट पनि हुनेछ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द

व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम पनि बन्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। साँझतिर यात्राको प्रसंगमा खर्च हुन सक्छ। धनमाल सुरक्षामा विशेष सतर्कता अपनाउनुहोला।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व हातलागी हुनेछ। साँझतिर श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ।