इटालीमा ठेकेदार जोखिममा नेपालमा मेलम्ची अन्योलमा


काठमाडौं ,पुस ०३ ।  तीन दशकको प्रतीक्षापछि खानेपानी आउनै लाग्दा मेलम्ची आयोजना अर्को झमेलामा परेको छ । निर्माणको जिम्मा लिएको इटालियन ठेकेदार कम्पनी सिएमसी दी रेभन्नाले ठेक्का सम्झौता रद्द गर्न सुचना नोटिस टु टर्मिनेट बुझाएको छ ।

आयोजनालाई दुई साताअघि नै सुचना दिएको ठेकेदार कम्पनीका प्रतिनिधि स्वदेश फर्कन थालेपछि सरकारले पासपोर्ट नियन्त्रणमा लिएको छ । ठेकेदार कम्पनीका कर्मचारीको जस्तै मेलम्चीको भविष्य पनि अन्योलमा परेको छ । आयोजनाले एकतर्फी ठेक्का रद्द गर्न नमिल्ने भन्दै सरकारले छिटो सक्न निर्देशन दिएको थियो ।

 

तर, दुई दिनअघि आयोजनास्थलबाट ठेकेदार कम्पनीका सबै प्रतिनिधि काठमाडौं आएका थिए, उनीहरु सोमबार स्वदेश फर्कने तयारीमा थिए । तर, म्यानेजर क्रिस्टियानो ग्रेसोसहित आठजना पासपोर्ट नियन्त्रणमा लिएर प्रहरीले मेलम्ची आयोजनालाई दिएको छ ।,  आजको नयाँ पत्रिकादैनिकबाट ।