लिखित १४ पृष्ठ लामो दस्तावेज स्थायी समिति बैठकमा भीम रावलको

काठमाडौं , पुस ०३ । शनिबारबाट शुरु भएको स्थायी समितिको बैठकमा अध्यक्षद्वयले पेस गरेका प्रतिवेदनमा नेकपाका स्थायी समिति सदस्य भीम रावलले समितिको बैठकमा फरक दस्तावेज प्रस्तुत गरेका छन्।

 
रावलको दस्तावेजमा विवादास्पद संस्था युनिभर्सल पिस फेडेरेसन ९युपिएफ०को एशिया प्रशान्त क्षेत्रीय सम्मेलनमा पार्टीका नेता तथा सरकारका सहभागितालाई लिएर आलोचना गरिएको छ। युपिएफको कार्यक्रममा नेता तथा सरकारको सहभागिता के कति कारणले राजनीतिक र कुटनीतिक रुपमा गल्ती हो भन्ने कुरालाई उल्लेख गरिएको छ। १४ पृष्ठ लामो प्रतिवेदनमा दुई पृष्ठ विवादित संस्था र त्यसका गतिविधिको विषयमा केन्द्रिय रहेको छ।

 

 

त्यसैगरी पार्टी एकीकरणपछि संगठनात्मक अवस्था र नौ महिना सरकारका सञ्चालनको विषयलाई पनि छलफलका एजेण्डा बनाउनु पर्ने माग रावलले गरेका छन्। त्यसैगरी नेपालले राष्ट्रियताका पक्षमा खेल्नुपर्ने भूमिका, स्वतन्त्र परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा र पार्टी–सरकारबीचका सम्बन्धको विषयलाई पनि रावलको दस्तावेजमा समेटिएको छ। रावलअघि सचिवालय सदस्य वामदेव गौतमले पनि बैठकमा फरक दस्तावेज प्रस्तुत गरेका थिए।

 

 

सो दस्तावेजमा गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीका चर्को आलोचना गरेका छन्। उनले एक व्यक्ति एक पदअनुसार पार्टी अघि बढाउनु पर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओली बनेपछि अध्यक्षको भूमिका एकल रुपमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिनुपर्ने माग गरेका छन्। प्रतिवेदनमा पार्टीलाई विधिपूर्वक सञ्चालन गर्न र सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउन माग गरिएको छ।