पूर्वप्रधानमन्त्री डा.तुलसी गिरीको राजकीय सम्मानबिनै अन्तिम संस्कार


काठमाडौं पाैष ४। पूर्वप्रधानमन्त्री तथा वरिष्ठ राजनीतिज्ञ डा तुलसी गिरीको बुधबार पशुपतिस्थित विद्युतिय शवदाह गृहमा अन्तिम संस्कार गरिएको छ । गिरीले मृत्युअघि सामान्य नागरिक सरह आफ्नो अन्तिम संस्कार गर्न इच्छा जाहेर गरेकाले सोही अनुसार अन्तिम संस्कार गरिएको हो ।

उनको अन्तिम संकारका लागि पशुपति क्षेत्र विकास कोषको विद्युतीय शवदाह गृहलाई ४ हजार तिरिएको बताइएको छ । पारिवारकै चाहना अनुसार सरकारले भीआईपीलाई दिइने राजकीय सम्मान प्रदान गरेन । गिरीको मंगलबार कलेजोसम्बन्धी रोगका कारण ९३ वर्षको उमेरमा निधन भएको थियो ।