केवल २०० रुपैयाँको दही चोरिको मुद्दा दायर, अपराधी पत्ता लगाउन डीएनए टेस्ट

 एजेन्सी। हाम्रो देशमा गम्भीर अपराधमा पनि डीएनए टेस्ट हुन मुस्किल हुन्छ । तर, विश्वमा यस्ता देश पनि छन् जहाँ कानूनलाई सर्वोपरी ठानिन्छ । त्यसैले जस्तोसुकै अपराधमा पनि अपराधीले सजाय पाउने गर्दछन् । हो, ताइवानमा केवल २०० रुपैयाँको दही चोरीको मुद्दा दायर भएपछि अपराधी पत्ता लगाउन प्रहरीले फिंगर प्रिन्टको डीएनए टेस्ट गरेको छ ।

 

अझ, अचम्मको कुरा के छ भने उक्त डीएनए टेस्ट गर्दा ५० हजार रुपैयाँभन्दा बढी खर्च लागेको छ । खबरका अनुसार, ताइवानका एकजना विद्यार्थीले आफ्नो फ्रिजबाट दही चोरी भएको रिपोर्ट दर्ज गराएकी थिइन । यसै विषयलाई लिएर प्रहरीले आफ्नो जाँच सुरु ग¥यो । प्रहरीले यति सानो कुरामा यत्रो खर्च हुने टेस्ट गरेका कारण आलोचना भएपनि केहीले कानूनी राज्यको नियम पालना भएको भन्दै प्रशंसा गरेका छन् ।

ताइपेईस्थित चाइनिज कल्चर यूनिभर्सिटीकी एकजना छात्राले आफ्नो फ्रिजबाट दही हराएको जानकारी गराइन । उनका आफ्ना नजिकका ५ साथीले पनि त्यसबारे जानकारी नभएको बताएका थिए । यसैकारण उनले प्रहरीमा यो रिपोर्ट दर्ज गराएकी थिइन । उनको दहीको खाली बोत्तल एक डस्टबिनमा फेला परेको थियो । अन्ततः प्रहरी दही चोरलाई पक्रन सफल बनेको छ तर पनि आलोचनाबाट मुक्त हुन सकेको छैन ।