सहायक वन अधिकृत ३३ हजार घुससहित पक्राउ


काठमाडौं  पाैष ५। काठ कटानी सम्बन्धी मुद्दा मिलाईदिने भन्दै सेवाग्राहीसँग लिएको ३३ हजार रुपैयाँ घुससहित डिभीजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत राजकुमार ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

 

पीडितले दिएको उजुरीका आधारमा आयोगको पोखराबाट खटिइ गएको टोलीले ठाकुरलाई ३३ हजार रुपैयाँ घुसबापतको रकम लिइसकेको अवस्थामा बेनी नगरपालिका वडा नं ७ स्थित निजकै निवासबाट बिहीबार नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।