वडा अधक्ष्यले गरे आफुले बाेलेकाे बाचा पुरा, गाँउमा छायाे सबैमा खुशियाली

मुगु , पाैष ६। खत्याड गाउँपालिका वडा  न.– ९ नखर्जीका वडा अधक्ष्यले गरे आफुले गरेको बाचा पुरा, आफुले पाएको ४० हजार ५ सय ५१ रुपैयाँ बैठक भत्ता गाँउकै खाने पानि समितिलाइ हस्तान्तरण गरेका छन्।उनले भने गाँउमा विकास गर्नको लागि आफुबाट हुने जुन सुकै किसिमको सयोग गर्न तयार रहेको उहाँले हाम्र अनलाइन डटकमलाइ बाताउनु भयाे। 

वडा अधक्ष्यले भने यस्ताे सरानिय कामकाे सुरूवात आफूले पाएको भत्ता जोगाएर गाँउमा खानेपानी धारा नव निर्माणमा खर्च गर्ने घाेषणा गरेका छन्।

वडा अधक्ष्य नरेन्द्र बहादुर रोकायाले कार्यपालिका बैठकमा सहभागी भएबापत प्राप्त गरेको भत्ता र थप रकम समेत लगानी गरेर गाँउकाे खाने पानि समितिलाइ रकम हस्तान्तरण गर्नु भएकाे हाे । याे भन्दा पछिका दिनहरूमा पनि आफुले जति सकिन्छ सयाेग गर्दै जाने बताउनु भयाे ।अब गाउँमा १ वटा खानेपानी धारा निर्माण गरि सकेपछि अरू पनि त्यस्ता काम गर्दै जाने बताउनु भयाे । बैठकमा सहभागी भएबापत् लिएको ४० हजार ५ सय ५१ रुपैयाँ खर्चिएर रोकायाले व्यक्तिगत लगानीमा यसै वडाको गीमगाऊँको खानेपानी धारा निर्माण गर्न लाग्नु भएकाे हाे।  

 

गत बर्ष २०७५ जेष्ठ २० गते अबिरल बर्षादले सो गाउँमा बाढी पहिराेका  कारण तातोपानी धारा बगाएर लिदा त्याहाँका जनताकाे अवस्था हेर्दा पानिकाे धारा निर्माण गर्न अन्त्यन्त जरुरी देखिएकोले आफूले पाएको भत्ता जम्मा गरेर खानेपानी धारा निर्माणमा लगाएकाे उहाँले बताउँनु भयाे  । खानेपानी धारा निर्माणको विषय प्रथामिकतामा परे सगै गाँउका सम्पूर्ण समुदयका मानिस खुशीले गदगद हुँदै वडा अधक्ष्य रोकायालाई बधाई समेत दिएका छन् ।