विश्वमा तिव्र इन्टरनेट चलाउने मुलुक नर्वे, नेपाल ११६ औं स्थानमा

काठमाडौं, पुस ६ । विश्वमा सबैभदा तिव्र गतिको इन्टरनेट चलाउने मुलकामा नर्वे परेको छ। विश्वभरका इन्टरनेट गतिमा गरिएको अध्ययनले सन् २०१८ मा सबैभन्दा तिव्रगतिमा इन्टरनेट नर्वेमा चलाइएको प्रतिवेदन सार्वजनिक गरिएको छ।

 

विश्वभर मोबाइल र फिक्स्ड इन्टरनेटको गति मापन गर्नेसंस्था ओक्लाले इन्टरनेट सेवा उपलब्ध भएका देशहरुको सूची सार्वजनिक गरेको खबर आजको कारोबार दैनिकमा छ।

 

सो सूचीअनुसार नर्वेमा मोबाइलमा औसत डाउनलोड स्पीड ६३ दशमलब १९ एमबीपिएस रहेको छ। त्यस्तै ५८।९६ एमबीपियससहित आइसल्याण्ड दोस्रो र कतार ५५ दशमलब १७ एमबीपिएससहित तेस्रो नम्बरमा रहेको छ। चौथो नम्बरमा सिंगापुर रहँदा पाँचौ नम्मबरमा नेदरल्याण्ड रहेको छ। प्रतिवेदनअनुसार नेपाल ११६ औं स्थानमा रहेको छ। २०१८ मा नेपालको मोबाइल इन्टरनेटमा थोरै मात्र सुधार भएको छ।