रविले नेपाल आइडलको उपाधि जिते लगत्तै भक्कानिदै भने यो मेरो मात्रै जित होइन सारा नेपालीको जित हो

काठमान्डौ,पुस ६ ।नेपाल आइडल’ को उपाधि रवि ओडले जित्न सफल भएका छन् । आइडलको उपाधि जितसँगै सुदुरपश्चिमका रविले होण्डाको गाडी र नगद रु २२ लाख प्राप्त गरेका छन् । आइडलको उपाधि जित लगत्तै रवि स्टेजमा नै भ क्कानिँदै रोए र उनले बिक्रमलाई संहाल्दै भने यो मेरो मात्रै जित होइन सारा नेपालीको जित हो ।

 

रविले आँसु पुछ्दै बोलीरहँदा ४ जना नै स्टेजमा खुशी बाँडीरहेका थिए ।त्यस्तै फस्ट रनरअपको उपाधि पोखराका बिक्रम बरालले जितेका छन् । बिक्रमले २० लाख नगद पाएका छन् । त्यस्तै सेकेण्ड रनरअपको उपाधि सुमितले जितको छन् । भने अस्मिता अधिकारी चौथो बन्न सफल भएकी छिन् ।

 

नतिजा आउँदा स्टेजमा उपस्थित ४ जना नै निकै डराएको अवस्थामा देखा परेका थिए । शुक्रबार काठमाडौँको पुल्चोक इञ्जिनियरिगं कलेजमा सम्पन्न भएको ग्रान्ड फिनालेमा अस्मिताले उपाधि जित्न सफल भएका हुन् ।ग्रान्ड फिनाले सुरु भएसँगै उत्कृष्ट १० प्रतियोगी हरुले अहिले प्रस्तुती दिइसकेपछि अहिले उत्कृष्ट ४ मध्येका प्रतिस्पर्धीहरुले आ आफ्नो प्रस्तुती दिएपछि बिजेताको नाम घोषणा गरियो ।

 

त्यसअघि कमेडियन सन्दिप क्षेत्रीले पेट मिचि मिचि हँसाएका थिए । त्यसअघि टप टेन प्रतिस्पर्धीहरुले आ आफ्नो प्रस्तुती दिएका थिए । हजारौँको संख्यामा उपस्थित भएका दर्शकहरुले धैर्य धारण गरेर प्रतिस्पर्धा हेरेको दृश्य निकै शानदार देखिएको थियो ।