सडकमा खसेकाे ढुङ्गा हटाऊन सरोकारवाला निकायले ध्यान नदिदा खत्याड गाउँपालिकाका स्थानीयलाइ सास्ती

 

      पहलमान राेकाया 

मुगु,पाैष ७ । खत्याड गाउँपालिकाको मुटुको रुपमा चिनिने  एक मात्र जुम्ला- खत्याड सडक खण्ड  २२ महिना अगाडि मात्र संन्चालनमा ल्याइएकाे थियाे । अहिले पनि सडकबाट निरन्तर माल बाहक गाडीहरु सन्चालन भइरहेका छन । उक्त सडक खण्डको स्तरउन्नतिका लागि यो बर्षको रकमबाट पनि काम द्रुत गतिबाट भईरहेको छ । खत्याड गाउँपालिकाको अथक प्रयासका साथ यहाँका साखा रोडहरु पनि बिस्तार भईरहेको पाईन्छ ।

जुम्ला खत्याड सडक खण्ड अन्तर्गत पर्ने पाँचेचौर नजिक पर्ने खोलामा ठुलो ढुंङगा खस्दा पुरै बाटो अबरोध भएकाे छ । उक्त ठाउँमा ठेक्का लिएका ठेकेदारहरूकाे ( डोजरवालाकाे ) लापरवाहीले गर्दा त्यहाँकाे सडक बन्न नसके पछि स्थानिएले दुख पाएका छन्।

गाडी दुर्घटना हुने डरले माल सामानहरु ढुवानी गर्न गाराे भएकाे ड्राईभर रमेश चौधरीको भनाइ छ  । बाटो उकालो भएकोले गाडी नचढ्ने र ओरालोमा गाडी चिप्लिने डर भएकाेले झनै बढी सास्ती भएको छ ।

 
उक्त ठुलो ढुङ्गामा ठोकिएर २०७५ असोजमा एक ट्याकटर पनि दुर्घटना भएकाे थियाे, खोलामा खस्दा कुनै मानविय क्षेति नभए पनि केहि  सामानकाे क्षेति भएको थियो । अबका दिनमा खत्याड गाउँपालिका र सम्बधित सरोकारवाला निकायले बेलैमा ध्यान दिएनन् भने अझै याँहाका स्थानिय जनताले दुख पाउने निश्चित देखिन छ।त्यसैले अबका  केहि दिनमा सराेकार वाला निकायले बेलैमा ध्यान दिन जरूरी देखिन्छ ।  ढुङ्गाको ब्यवस्थापन गर्न बेलै मा सराेकार वाला निकायकाे ध्यान जाहाेस् हामि सबै जनताकाे अपिक्षा पनि यही छ।