बिदामा फर्किएका घरेलु कामदारलाई फेरि जान दिने तयारी

काठमाडौं  पाैष ९। सरकारले घरेलुु कामदार पठाउन बन्द गर्ने निर्णयमा पुुनर्विचार गर्ने भएको छ । सरकारले २०७३ सालको चैत २२ गतेदेखि घरेलुुकामदार पठाउन बन्द गरेको थियो ।तर सोमबार बस्ने संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले यसका लागि बाटो खुल्ला गर्ने तयारी गरेको एक सदस्यले जानकारी दिए ।उनका अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट र श्रम सचिव महेश दाहाललाई समितिले विस्तृत विवरणसहित उपस्थित हुन भनेको छ ।समितिले त्यसरी बिदामा आएकाको संख्या सतिह उनीहरुको सुरक्षा ग्यारेन्टी कसरी गर्ने भन्ने विषयमा मन्त्री र सचिवसँग छलफल गर्दैछ ।

 

प्राप्त जानकारी अनुसार पहिले विभिन्न देशमा घरेलु कामदारका रुपमा काम गरेर बिदामा घर फर्किएकाहरुलाई फेरि जाने बाटो खुल्ला गरिदिन लागिएको हो ।कामदारले आफ्नो काम र कमाई राम्रो रहेको, कुनै हिंसामा नपरेको र घर मालिकले पनि सुरक्षाको जिम्मेवारी लिएको खण्डमा उनीहरुलाई जान दिने तयारीमा सरकार पुुगेको हो ।श्रममन्त्री बिष्टले समेत यो विषयमा सरकार गम्भीर रहेको र चाँडै निर्णयमा पुग्ने बताउँदै आएका थिए । पहिले पनि तत्कालिन अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिकै निर्देशनमा घरेलुु कामदार पठाउन बन्द गरिएको थियो ।

 

सम्बन्धित देशसँग श्रम सम्झौता भएर घरेलु कामदारको विशेष सुरक्षाको ग्यारेन्टि भए मात्रै पठाउने निर्णय भएपनि राम्रो काम र कमाई भएकाहरुले जान रोकिएकोमा गुुनासो गर्दै आएका थिए । यसरी रोकिएका कामदारले मन्त्रालयमै गएर आफूलाई जान दिन मन्त्री लाई आग्रह गर्न थालेपछि मन्त्री निर्णय पुनरविचार गर्ने मनस्थितिमा पुुगेका हुन् ।तर नयाँ जाने घरेलु कामदारको हकमा भने तत्कालै खुुल्ला नहुने भएको छ । घरेलुु कामदार रोकिँदा कम्पनीको नाममा भिसा ल्याएर घरको काममा जाने र भारतको बाटो भएर दलाल मार्फत जानेको संख्या भने बढेको छ ।