निर्मला हत्या प्रकरण: हतारमा नतिजा खोज्दा कमजोरी भयो -आईजीपी खनाल


काठमाडौं  पाैष ९। सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका महानिरीक्षक आइजीपी सर्वेन्द्र खनालले बलात्कारपछि हत्या गरिएकी कंचनपुरकी १३ वर्षीया नाबालिका निर्मला पन्तको हत्याकाण्डमा हतारमा नतिजा खोज्दा गलत भएको स्वीकार गरेका छन् ।

निर्दोषलाई पक्राउ गरेर अभियोग स्वीकार गर्न दबाव दिएको एकपछि अर्को घटना सार्वजनिक भइरहेका बेला खनालले प्रहरी अनुसन्धानमा कमजोरी भएको स्वीकार गरेका हुन् । उनले भने, ‘हतारमा नतिजा खोज्दा गलत अभ्यास भएको भेट्यौं ।’

 

अनुसन्धानको विषय भएकाले यसबारेमा धेरै भन्न मिल्दैन। अपराधी पत्ता लगाउन लागि परेका छौँ।’ महानिरीक्षक खनालले थप प्रतिवद्धतासहित भने, ’अपराधी कुनै हालतमा समात्छौँ।’ उनले घटनाको अनुसन्धानमा कमजोरी गर्ने जो कोहीलाई नछाड्ने प्रतिवद्धता जनाए । प्रहरीले छानबिन समितिको प्रतिवेदन अध्ययन भइरहेको भन्दै आईजीपी खनालले भने, प्रशासनिक कारबाही गर्न सिफारिस भएकाहरुलाई कारबाही गर्छौं । आवश्यक भए फौजदारी संहिताअनुसार पनि जान्छौं ।’

 

निर्मला पन्तको साउन १० गते बलात्कारपछि भएको थियो । निर्मलाको हत्या भएको १५० दिन बितिसक्दा पनि दोषी पत्ता लागेका छैनन्। प्रहरीले केही व्यक्तिहरूलाई पक्राउ गरे पनि प्रमाणको अभावमा उनीहरू छुटेका छन्। यो काण्डमा प्रहरीका अधिकृतहरू सेवाबाट निष्कासनसमेत गरिएका छन्।