कर्मचारी समायोजनमा सकस, आन्दोलनले झन अप्ठेरोमा


काठमाडौं , पुस १० ।स्थानीय र प्रदेश तहमा कर्मचारी खटाउन ल्याइएको कर्मचारी समायोज अध्यादेश कार्यान्वयन चुनौतीपूर्ण बन्दै गएको छ। अध्यादेशविरुद्ध कर्मचारीले आन्दोलन चर्काएपछि अध्यादेश समायोन झन चुनौतीपूर्ण बन्दै गएको हो।

स्थानीय तहका कर्मचारुी र निजामती कर्मचारी संगठनले बेग्लाबेग्लै माग राखेर आन्दोलनमा उत्रिएपछि सरकार अप्ठेरोमा परेको छ। प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी संघमा निश्चित मापदण्डका आधारमा सरुवा बढुवा हुन नपाउने व्यव्सथा रहेकाले उक्त प्रावधान संशोधन गर्नुपर्ने, कर्मचारी समायोन स्वेच्छिक बनाउनुपर्ने माग निजामती कर्मचारीले माग गर्दै आएका छन् ।

 

त्यसै गरी समायोजनमा जान नचाहने कर्मचारीलाई पुल दरबन्दी कायम गरी निश्चित मापदण्डका आधारमा प्रदेश र स्थानीय तहमा कामकाज गर्न खटाइने व्यवस्था गर्नुपर्ने आन्दोलतरत कर्मचारीले माग गरेका छन्।   आजको नेपाल समाचारपत्र दैनिकबाट ।