मानबबाट बाँदर बन्न उद्धत नेपाली समाज ,सबैलाई सोच्न बाध्य बनाउने बाँदरको यो तस्बिर हेर्नुहोस्?

काठमाडौं , पुस १० ।  पाइमेटमा खासगरी मानिस ढेडु बाँदरबाट नरवानरको अवस्था पार गर्दै अहिलेको अवस्थासम्म आइपुगेको हो । बाँदर र मान्छेको धेरै पुरानो इतिहास छ। बाँदरले मानिसले गर्न सक्ने र मानिसले गर्न नसक्ने सबै काम गर्न सक्छ।

 

मानिसको देखासिको समेत बादरले तुरुन्तै गरिहाल्छ। बादरले जस्तै नेपालमा अहिले मानबजातिमा देखासिकोको संस्कार बस्दा धर्म(संस्कृतिको अस्तित्व नै संकटमा पर्ने स्थिति पैदा भैसकेको छ ।

 

भर्खरै मात्र सामाजिक संजालमा भेटिएको बादरको यो तस्बिरले सबैलाई एकपटक सोच्न बाध्य बनाउछ। तश्विरमा बादरले भगवान गणेशलाई प्रणाम गरिरहेको छ। वास्तबमा बादरले कुनै मानिसले धर्मकर्म गर्दा प्रणाम गरेको देखेर त्यसलाई नक्कल गरेको मात्र हो हुनत यसले मानब जातिमा मात्र होइन जनावरमा पनि धर्मको महत्व रहेको स्पष्ट हुन्छ । चाहे देखासिकी नै किन नहोस तर संस्कार बसेको मान्न सकिन्छ ।

 

दृश्य देख्दा लाग्छ कि जनावरहरू मध्ये धेरै बुद्धीमान ठहरिएको बाँदर आधुनिक युगका मुर्ख मानबको देखासिकीमा लागिरहेको छ। स्वयम्भू, पशुपतिनाथजस्ता धार्मिक स्थलमा प्राय भेटिने बादरहरुले हामीले जे गर्यौ त्यसको देखासिकी गर्ने गरेको त हामीले पहिल्यै अनुभव गरिसकेका छौ । तर यसरी साष्टांग दण्डवत गरेको भने यो नौलो दृश्य हो ।

 

नेपालीहरुको बानी नै छ अरुको देखासिकी गर्ने चाहे त्यो पश्चिमा संस्कृति होस् या त छिमेकीको । पछिल्लो समय यहि संस्कृतिले गर्दा समाजमा कलहको स्थिति सिर्जना हुने सम्भावना बढेको छ। गाउँगाउँमा पसेर मिठा सपना र अनेकन प्रलोभन देखाइ धर्म परिवर्तनको लागि उक्साइरहेका घटना दिनानुदिन बढ्दै छन ।

 

बिदेशी शक्ति र पैसाको आडमा अनेकन मिसनरिहरु नेपालीलाई बाँदर बनाइरहेका छन भने सोझासाझा नेपालीहरु भने ढेडु बन्न उद्धत छन । उनीहरु ढेडु अथवा गुनी जुनसुकै बानर बनुन तर मानबबाट फेरी वानर बनेर आफ्नो खुट्टामा आफै बन्चरो हान्दै छन। अरुले घोडा चढेको देख्यो भने आफु धुरी चढ्ने खालको नेपाली संस्कृतिमा यी मिसनारिहरुलाई भने के खोज्छस कानो आँखो भनेजस्तै भएको छ।

 

देखासिकीको प्रसंग उठाउदै गर्दा इसाई धर्मावलम्बीको पर्व क्रिसमसको बिषय भुल्न हुदैन । प्राय सबै नेपालीहरुले क्रिसमस धुमधामका साथ मनाए। क्रिसमसको अघिल्ला दिनदेखि नै सामाजिक संजालहरु क्रिसमसको संदेश आदानप्रदानको एक माध्यम बन्यो । नेपाल एक धर्मनिरपेक्ष राष्ट्र हो जुनसुकै धर्मलाई पनि सबैले सम्मान गर्नुपर्छ । बर्षौदेखि धार्मिक सहिष्णुता कायम रहेको हाम्रो देशमा अहिलेको समयसम्म कायम नै छ।

 

तर जसरी पछिल्लो समयमा जसरी नेपालमा दलित र अन्य केही अल्पसंख्यक समूहहरु क्रिस्चियन बढाउने समूह बनाउदै लागिपरेका छन् त्यो भने निन्दनीय छ। फलस्वरूप नेपाल विश्वमा सबैभन्दा बढी क्रिस्चियनहरु वृद्धि भइरहेको मुलुकमध्येको एक बन्न पुगेको छ। सोझासाझा र पिडामा परेका नेपालीहरुलाई अनेकन प्रलोभन देखाएर जसरी धर्मको व्यापार गरिदैछ यसतर्फ समुर्ण सचेत हुनु जरुरी छ।

 

क्रिस्चियनहरुको वृद्धि हुनुमा वास्तविक आस्थाभन्दा पनि स्वास्थ्य, भेदभाव र गरिबीले उत्प्रेरित गरेको देखिन्छ । यही मौकाको फाइदा उठाउन खटिएका मिसनरीहरुलाई समाप्त पार्न सरकार, सम्बन्धित निकाय मात्रै होइन व्यक्तिगत तहबाट समेत कदम चल्नु जरुरी भैसकेको छ।

 

के हाम्रा सोझा साझा नेपालीहरु क्रिस्चियन धर्मको दर्शन बुझेर क्रिस्चियन धर्ममा लागेका हुन् वा लोभ, प्रलोभन, गरिबी, देशको राजनैतिक अराजकता अनि जातपातको नाममा भइ राखेको सामाजिक शोषणका फाइदा उठाएर क्रिस्चियन मिसनरिहरुले बिदेशी शक्ति र पैसाको आडमा नेपाल र नेपालको हिन्दुत्वको अस्तित्वमाथि भयङ्कर खतरनाक षडयन्त्र रचिरहेको हो रु सबैले मनन गर्नुपर्ने बेला आएको छ ।