दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा द्धारा पदवाट राजीनामा

काठमाडौं, पुस ११ । नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजिनामा दिएका छन् । बुधबार झाले संचारमन्त्री गोकुल बाँस्कोटालाई राजीनामा दिएका हुन् ।

 

बुधबार झाले पत्रकार सम्मेलन गर्दे आफूलाई पदको लोभ नभएको, काम गर्न पाए पुग्ने बताएका थिए भने प्रधानमन्त्री र मन्त्रीज्यूहरुलाई समेत बद्नामी हुन्छ भने म यो पद जुनसुकै बेला छोड्न पनि तयार रहेको बताएका थिए । झाले आफूलाई भ्रष्टाचारी प्रमाणित गर्न चुनौती दिदै भ्रष्टचार प्रमाणीत भएपछि राजीनामा दिने बताएका थिए।

 

झाले अल्पसंख्यक समुदायको नेतृत्व गर्दै यो स्थानमा पुगेको बताउदै सरकारी संस्थान र कम्पनी चलाउनका लागि काविल ब्यक्ति भएको दावी गर्दै आफु बिरुद्ध राजनीति नगर्न पनि नेकपाका नेताहरुलाई आग्रह गरेका थिए।