आज मिति २०७५ साल पाैष १४ गते शनिबार साढे सातको शनिदोष हटाउन संकटा देवीलाई एक शेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

परिस्थितिवश चिताएको काम रोकिन सक्छ। व्यवसायभन्दा सेवामूलक कामबाट उपलब्धि हातलागी हुनेछ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। तर ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। शुभचिन्तकहरूले सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ। मौका आए पनि काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। केही घरेलु समस्यामा अल्झनुपर्ला। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

आवश्यक भौतिक साधन जोड्ने समय छ। अतिथिको रूपमा सत्कार पाइनेछ। सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। आफन्तजनबाट सहयोग तथा हौसला मिल्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। अधिकारका लागि जुट्नुपर्ला। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्न सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। योजना सम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। लामो यात्रा व्यवस्थापन गर्न खर्च बढ्नेछ। मिहिनेत गर्दा व्यवसायमा फाइदा उठाउन सकिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा दुस्ख पाइनेछ भने मिहिनेत गर्दा बिस्तारै प्रगति हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

पारिवारिक असमझदारीले काममा अप्ठ्यारो पर्न सक्छ। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। अद्यावधिक ज्ञान अभावले पनि काममा पछि परिनेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। दिगो योजनामा अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। स्वास्थ्य कमजोर रहनाले काममा जुट्न नसकिएला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यावसायिक काममा कम मात्र फल प्राप्त हुनेछ। सेवामूलक काम सम्पादन हुन सक्छ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। मानसम्मानमा बाधा पुग्नेछ। विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। विवेकले काम लिने प्रयत्न गर्नुहोला। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। मिहिनेत गर्दा छोटो समयमै काम बन्नेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारसमेत प्राप्त हुन सक्छ। तर भेटघाटले काममा बाधा पुर्याउला। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। रमाइलो जमघटको आनन्द लिनबाट वञ्चित भइनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। पहिलेका चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। छर–छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रयत्न गर्दा पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। साझेदारीबाट पनि सामान्य लाभ मिल्नेछ। तर सानो कमजोरीले सुनिश्चित प्रतिफलसमेत रोकिन सक्छ। प्रयत्न गर्दा ऋणमोचन हुने सम्भावना छ। आफ्नो मिहिनेतको फाइदा अरूले उठाउने चेष्टा गर्न सक्छन्। पछिका लागि गरिएको लगानीले भने फाइदा दिनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला। प्रतिष्ठा र पदको आश्वासन देखाउनेहरूले घात गर्नेछन्। शासकवर्गबाट पनि धोका हुन सक्छ। वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ। फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापारमा कम फाइदा हुनेछ। मिहिनेतले पदीय जिम्मेवारी दिलाउन सक्छ।