बोक्सीको आरोप, सानीमाले पुन्यूँले डामिन्

काठमाडौं, पुस १४ । सुर्खेतमा एक किशोरी बोक्सीको आरोपमा कुटिएकी छन् । सुर्खेतको वीरेन्द्रनगर२ की १८ बर्षीया किशोरी अमृता बुढा आफ्नै सानीआमाबाट मरणासन्न हुनेगरी कुटिएकी हुन् ।

 

पिडित किशोरीलाई एक साताअघि वीरेन्द्रनगर९७ इत्राम बस्ने सानीआमा कृष्णा काफ्लेले कुटपिट गरेको बताइएको छ । कृष्णाकी तीन वर्षीया छोरी बिरामी परेपछि अमृताले बोक्सी लगाएको आरोपमा कुटपिट गर्दै उनलाई तातो पुन्यूँले डामेकी थिइन् ।

 

तातो पुन्यूँले डाम्दा अमृताको अनुहार, मुख, गोडा र ढाड पोलिएको छ । उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिए पनि उनी उठ्न र बस्न सक्दिनन् । घाउमा कपडा टाँसिएकाले उनी पीडा झेलिरहेकी छन् ।

एक सातासम्म गुपचुप राखिएको घटना शुक्रबार सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्रेको छ । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।