काठेपुल तर्नै १५ रुपैयाँ !

काठमाडौं, पुस १५ । जनताले काठेपुल तर्दा पनि सरकारलाई १५ रुपैयाँ कर तिर्नुपर्ने भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यो वास्तविकता हो कैलाली जिल्लाको । कैलालीको कैलारी गाउँपालिकाले जनताले हिँडेर काठेपुल तर्दा प्रतिव्यक्ति १५ रुपैयाँ उठाउने गरेको छ ।

 

स्थानीय जनताले प्रत्येक पटक पुल तर्दा १५ रुपैयाँ र मोटरसाइकलबाट तर्दा ३५ रुपैयाँको टिकट काट्नुपर्छ । गाउँपालिकाले ठेकेदारलाई राजस्व उठाउने जिम्मा दिएर वार्षिक १५ लाखसम्म उठाउने गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

गाउँपालिकाभित्र पर्ने मोहना नदी तर्न निमुवाबोझी, खोनपुर, गोबरैला र मोहनपुर गरी चार घाटमा गाउँपालिकाले काठेपुल बनाएको छ । यो