निर्मलाका हत्यारा रत्नपार्कमा खोजिरहेको छ सरकार : डा.सुरेन्द्र केसी


काठमाडौं  पाैष १५।रिपोर्टर्स क्लब नेपालमा स्वतन्त्र नागरिक समाजले पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्तीका अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राजनीतिक विश्लेषक प्रा.डा.सुरेन्द्र केसीले देश गम्भिर मोडतर्फ गैरहेको टिप्पणी गरेका छन् ।

आयोजित कार्यक्रममा बोल्दै केसीले भने, अहिले भैरहेका गतिविधिहरु राष्ट्र हितमा छैनन्, पृथ्वीनारायण शाहको बारेमा नक्कली इतिहास लेखेर उनलाई बद्नाम गरिँदैछ, राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्विरमा पिसाव फेर्ने काम भैरहेका छन, अहिले राष्ट्र इतिहासकै कमजोर स्थितिमा छ, मैले धेरै भनें, बोलें र आग्रह गरें, कतिले मलाई पद नपाएर छ्टपटाएको भनेर आरोपसमेत लगाए ।’

 

उनले नेपालमा नक्कली क्रिश्चियनहरुले डलरको खेती गरेको समेत बताए । केसीले भने, ‘कुनै समस्या देखियो भने पहिले त्यसको उपचार र परिणाम खोज्ने होइन त्यो समस्याको जड के हो ? त्यो जान्नुपर्छ, यहाँ दलितहरु ख्रीष्टियन बन्दैछन्, गरिबहरु ख्रीष्टियन बन्दैछन् किन यस्तो भैरहेको छ ? अरु कुनै कारण छ र रु हिन्दु धर्मका कर्मकाण्डीहरुको व्यवहारले गर्दा यस्तो भएको हो, मन्दिरमा पस्नै नदिने  दलितलाई हेप्ने  अनि उहाँहरुले विकल्प नखोजेर के गर्नुहुन्छ त ?

 

तल्लो स्तरका मानिसहरुको गोलचक्रमा फसेको हुनाले राजसंस्थाको अस्तित्व धरापमा परेको उनले बताए । डा.केसीले निर्मला पन्तका हत्यारालाई रन्तपार्कमा खोजिरहेको पनि आरोप लगाए ।

 

उनले भने,‘सरकार उल्टो बाटो हिँडिरहेको छ, हामी उल्टो बाटोमा गन्तव्य निर्धारण गरेका छौं, निर्मला पन्तका हत्याराका बारेमा पनि यस्तै भएको हो, प्रहरीका उच्च अधिकारीहरुले निर्मलाका दोषीहरुको प्रमाण नष्ट गर्छन, सरकार निर्मलाका हत्यारा रत्नपार्कमा खोजिरहेको छ, नक्कली मानिसलाई अभियुक्त करार गरेर दुनियाँ हसाउँने काम गरिहरहेको छ, कुन दिन मलाई पनि बोलेकै भरमा निर्मलाको हत्यारा तँ होस् कि भनेर डिएनए टेष्ट गर्न बेर छैन, हाम्रो सरकारले होली वाईन खाएर खुब ताण्डव देखाईरहेको छ ।’