काठमाडौंको तापक्रम ०.५ डिग्री सेल्सियस

काठमाडौं,पुस १६ । आज सोमबार  काठमाडौं उपत्यकाको न्युनतम तापक्रम शून्यमा झरेको छ ।मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान गरेको रेकर्डअनुसार काठमाडौं उपत्यकाको तापक्रम ०.५ डिग्री सेल्सियसमा झरेको पाइएको हो ।

 

तापक्रम घट्ने क्रम जारी रहने भएकाले चिसो अझै बढ्ने अनुमान मौसमविदको छ । मौसमविद् समिर श्रेष्ठ प्राकृतिक कारणसँगै जम्मु कास्मिरबाट नेपालतर्फ बहेको चिसो वायुले तापक्रम घटेको बताउँछन् ।

 

उनले भने, ‘हिउँद महिना चिसो हुनु प्राकृतिक कारण नै हो’, श्रेष्ठले भने, ‘तर देशभरी चिसो हृवात्तै बढ्नुमा जम्मु काश्मिरबाट नेपालतर्फ बहेको चिसो वायु बढी जिम्मेवार छ ।’

काठमाडौं उपत्यकाको तापक्रम निरन्तर ओरालो लागे पनि यस वर्ष माइनसमा झर्ने सम्भावना नरहेको मौसमविदको भनाइ छ ।