कमाउँथे ७५ लाख तर फाटेको जुत्ता लगाउँथे, जब ती कन्जुसको मृत्यु भयो संसार हल्लियो,जानकारीकाे लागि पढ्नुहाे

वाशिङटन। अमेरिकामा गत महिना एक कन्जुस व्यक्तिको मृत्यु भयो । वाशिङटनमा बस्ने कन्जुस व्यक्ति एलेन नेमनको २०१८ डिसेम्बर ८ मा मृत्यु भएको थियो । उनको मृत्युपछि यस्तो वास्तविकता खुल्यो जसले सारा संसारलाई हल्लाइदिएको छ । यी व्यक्ति निकै कन्जुर थिए र पूरै जिन्दगी एक्लै बसे । न उनले विवाह गरे न उनको परिवारमा अरु कोही थिए । उनको विचित्र जीवनशैली देखेर मानिसहरु उनको खिल्ली उडाउँथे । तर, जब ६३ वर्षको उमेरमा जब उनको मृत्यु भयो त्यसपछि यस्तो रहस्य खुल्यो कि संसारभरका मानिसहरुका आँखा रसाए । यो कुरा धेरैले विश्वासै गर्न सकेनन् ।

 

एलेनको मृत्यु क्यान्सरका कारण भएको थियो । जब उनको मृत्यु भयो त्यसपछि बल्ल मानिसहरुले थाहा पाए कि एलेनले त गरिब र घरबारविहीन बालबालिकाको लागि १ करोड १० लाख डलर ९१ अर्ब २४ करोड नेपाली रुपैयाँ० बराबरको सम्पत्ति छोडेर गएका थिए । एलेन आफ्नो कन्जुसीका लागि निकै चर्चित थिए । उनी एक वर्षमा ६७ हजार २ सय डलर ९७५ लाख नेपाली रुपैयाँ० कमाउँथे । तर, उनी न आफ्नो लागि पैसा खर्च गर्थे न अरु कसैको लागि पैसा दिन्थे । जीवनभर उनले बिहे गरेनन्, उनी एक्लै रहे र कसैलाई धर्मपुत्ररपुत्रीको रुपमा पनि पालेनन् ।

 

पैसाको विषयमा उनी यतिसम्म कन्जुस थिए कि जुत्ता फाटेमा टेप टाँसेर काम चलाउँथे ताकि नयाँ जुत्ता किन्नु नपरोस् । उनलाई एक्लै बस्न मन पथ्र्यो । उनी समाजसेवाको काम गर्थे तर यति हुँदा पनि उनलाई मानिसहरुसँग घुलमिल हुन मन पर्दैनथ्यो । एलेनका बारेमा धेरै मानिसहरुलाई केही थाहै थिएन र जो एलेनलाई चिन्थे उनीहरुलाई पनि थाहा थिएन कि एलेनले कति ठूलो रहस्य लुकाएर राखेका छन् । जब उनको मृत्यु भयो तबमात्र मानिसहरुले उनको महान दानको बारेमा थाहा भयो । एलेनको मृत्यु भएपछि मानिसहरुले थाहा पाए, उनले जिन्दगीभर आफ्नो लागि पैसा खर्च नगरेका भए पनि उनी कन्जुस भने बिल्कुलै थिएनन् ।

 

उनले आफ्नो सबै सम्पत्ति मृत्युपूर्व नै अनाथ, गरिब, बिरामी, बेसहारा र एक्ला मानिसहरुको लागि दान गरिसकेका थिए । यति धेरै पैसा उनले एउटा जागिर गरेर मात्र कमाएका थिएनन् । कैयौं पटक त उनले एकैपटक तीन ठाउँमासम्म काम गरेका थिए । उनका एक साथीका अनुसार मातापिताको मृत्युपछि उनले केही पुख्र्यौली सपत्ति पनि पाएका थिए । यसका अलावा उनले आफ्नो पैसा लगानी गरेर राखेका थिए जो लगातार बढिरहेको थियो ।

 

एलेनका एक दाजु पनि थिए जो मानसिक रोगी थिए र उनको हेरचाहको जिम्मेवारी एलेनकै थियो । यसका अलावा सामाजिक सेवाको क्रममा एलेन जब गरिब बालबालिका र उनीहरुको कष्टकर जीवन देख्थे उनलाई निखै दुःख लाग्थ्यो । एलेन कसैसँग पनि धेरै बोल्न मन पराउँदैनथे र उनले आफ्नो मनको दुःख कसैलाई बताएका थिएनन् तर उनले त्यतिबेलै सोचिसकेका थिए कि आफ्नो सारा सम्पत्ति बेसहारा गरिब बालबालिकाको लागि छोडेर जानेछन् ।

 

एलेनको मृत्युपछि थाहा भयो कि उनले आफ्नो सम्पत्ति फरक फरक क्षेत्रसँग जोडिएका संस्थाहरुलाई दान गरेर गएका थिए । उनले अनाथालय, अस्पताल, वृद्धाश्रम जस्ता संस्थाहरुलाई सम्पत्ति दान गरेका थिए । बालबालिकाको एक अस्पतालको लागि उनले २।५ मिलियन डलर दान दिएर गएका थिए । यो एलेनका दानमध्येको सबैभन्दा ठूलो रकम थियो । एलेनले जुन–जुन संस्थालाई दान दिएर गएका थिए ती कुनै पनि संस्थासँग एलेनको कुनै निजी सम्बन्ध थिएन । ती संस्थाले त एलेनलाई चिन्दा पनि चिन्दैनथे । एलेन जिन्दगीभर अरुको लागि बाँचे र अरुकै लागि पैसा छोडेर गए ।