बाजुरा ट्याक्टरको ठक्करबाट बालक गम्भीर घाइते

बाजुरा, पुस २८ । बाजुराको बुढीनन्दा नगरपालिकाका–५ विरसेनमा ट्याक्टरको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा बुढीनन्दा नगरपालिका–५ का गोपाल चंदाराका ३ वर्षिय छोरा निखिल चंदारा रहेको ईलाका प्रहरी कार्यालय कोल्टीका सही शेरबहादुर कुँवरले बताए ।

 

कुँवरकाअनुसार शनिबार साँझ करिब ४ बजे कोल्टीबाट सदरमुकाम मार्तडी जाँदै गरेको से १ त ८२७८ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट निखिलको टाउकोमा गम्भीर चोट लागेको छ ।

 

बालकलाई ठक्कर दिएर घाइते बनाउने ट्याक्टर चालक प्रसाद थापा ईलाका प्रहरी कार्यालय कोल्टीले नियन्त्रणमा लिएको छ । घाइते बालकलाई थप उपचारका लागि नेपालगन्ज लगिने बताइएको छ ।