आज मिति २०७५ साल माघ १० गते बिहीबार पाथीभरा मातालाई दर्शन गरी आजको राशीफल पढ्नुहोस् र शेयर गर्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । सरकारी कडिकडाउको सिकार भइनेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्नुपर्छ । कुनै समाचारले मन खिन्न हुनसक्छ । पढाइलेखाइमा ध्यानकेन्द्रित हुन सक्दैन । मनमा कल्पना र भावनाले डेरा जमाउने छ । मनोरञ्जन र खेलवाडले लक्ष्यप्राप्तिमा कठिनाइ उत्पन्न गर्नेछ ।

बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रभावशाली र ठूला मानिसको सहयोग जुटाउन सकिन्छ । आमाको सहयोगबाट फाइदा मिल्नेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । तर, स्वास्थ्यमा समस्या आउन सक्छ । सम्झौताले खिन्नता बढाउनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिने छ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह

पराक्रम र उत्साह बढ्नेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । मित्रवर्ग र बन्धुवान्धवबाट सहयोगको अपेक्षा गर्न सकिन्छ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो

विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । पोशाक, पहिरन र सरसफाइमा ध्यान पुर्याउने समय मिल्नेछैन । काममा विघ्नबाधा उपस्थित हुनसक्छन् । आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन् । मान–सम्मानमा आघात पर्ने देखिन्छ । परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे

इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । मनग्ये धन आर्जन होला । विछोडिएका आफन्तसँग भेटघाट हुनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ । बोलीवचनमा सुमधुरताको आगमन हुनेछ । मनमा उत्साह र उमङ्गको कमी हुनेछैन । लेनदेन र व्यापारव्यवसायमा अभिबृद्धि हुनेछ । मानसम्मान र प्रतिष्ठा बढ्ने छ ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो

मनमा भय र त्रासको निवास हुनेछ, चिडचिडेपना र अशान्ति बढ्ने योग छ । ऋणसापटीमा रकम लगानी गर्नु भनेको खर्च गरे जत्तिकै हुनेछ । पतिपतगबिीचको दूरी बढ्ने योग छ । अन्तै अलमलिनाले नियमित काममा बाधा पुग्न सक्छ । आश्वासन दिनेहरूबाट धोका पाइनेछ । नजिकका साथीभाइ टाढिने सङ्केत छ । पापमतिको उदय हुनेछ ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते

श्रमको उचित मूल्याङ्कन हुनेछ । गरेका कामबाट प्रशस्त लाभ हुने समय छ । समय उत्साहवद्र्धक रहला । व्यापारमा प्रशस्त फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधन उपयोग गर्दा अझ लाभ हुन सक्छ । नयाँ ज्ञान प्राप्त हुनेछ । दाम, नाम, इनाम हातपार्ने बेला छ ।

बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु

गरिएका कामको राम्रो मूल्याङ्कन हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

धार्मिक वा सांस्कृतिक महत्त्वको यात्राको सम्भावना छ । दिक्क र झर्कोलाग्दो दिन भएपनि साँझमा शुभ कुराको सङ्केत मिल्नेछ । बिर्सिसकेको आफन्त वा साथीभाइसित भेटघाट हुने सम्भावना छ । आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्याउन सक्दैनन्, त्यसैले आफ्नै बुद्धि र बलको प्रयोग गरेमा अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रयत्न गर्दा आस मारेको फल प्राप्त हुन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । साँझतिर व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि प्रयत्न गर्दा चुनौतीहरू पन्छाउँदै केही अवसर हात पार्न सकिने छ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिने छ ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवनमा रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि

विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन । पारिवारिक र दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ । वैदेशिक यात्रा पनि लाभदायक रहनेछ । समय मनोरञ्जनपूर्ण छ । तर जुनसुकै काममा सफलता आर्जन गर्न प्रतिस्पर्धा गर्नुपर्ने समय छ ।