आज सार्वजनिक विदा

काठमाडौं, फागुन १४ । भाषाशास्त्री एवम् साहित्यकार प्राध्यापक बालकृष्ण पोखरेलको निधनमा शोक मनाउन आज मंगलबार सार्वजनिक विदा दिइएको छ ।

बिराटनगर महानगरपालिकाले नेपाली भाषाको झर्रोवादी आन्दोलनका अगुवा पोखरेलेको निधनमा शोकमा मनाउन मंगलबार महानगरभित्र सार्वजनिक बिदा दिने मेयर भीम पराजुलीले जानकारी बताए ।

 

पोखरेलको आइतबार बिहान साढे एकबजे ८६ वर्षको उमेरमा विराटनगरस्थित आफ्नै निवास निधन भएको थियो ।

लामो समयदेखि काठमाडौंस्थित नर्भिक अस्पताल र पछिल्लोसमय विराटनगरकै एक अस्पतालमा उपचार गराइ रहनुभएको थियोे । उच्चरक्तचापका बिरामी प्राज्ञ पोखरेलका एक छोरा मुनाल र दुई छोरी त्रिपुरा खरेल र मुना घिमिरे रहेका छन्। बिराटनगरको परोपकार घाटमा आइतबार राष्ट्रिय झण्डा ओढाएर अन्त्येष्टि गरिएको छ ।