ट्रेड युनियन खोल्न नपाउने

काठमाडौं, फागुन १४ । संघीय निजामती कर्मचारीले पाएको ट्रेड युनियन अधिकार प्रदेश र स्थानिय तहका कर्मचारीले नपाउने भएका छन् ।

संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानिय तहको सेवा ऐनमा प्रस्ताव गरेको न्युनतम मापदण्डमा ट्रेड युनियन अधिकार राखिएको छैन । मापदण्ड परामर्शका लागि कानुन अर्थ मन्त्रालयमा पठाइएको छ ।

 

प्रदेश र स्थानिय शहले बनाउने कर्मचारी सेवा ऐनलाई संघीय निजामती सेवा ऐनको मर्म र भावनासँग मिल्दो बनाउन मन्त्रालयले न्युनतम मापदण्ड बनाएको जनाइएको छ । यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।