पाकिस्तानी लडाकु विमान ध्वस्त बनाएका थिए त अभिनन्दनले नै ?

 ईन्डिया। भारतीय वायु सेनाको उच्च स्रोतको हवला दिँदै भारतीय सञ्चारमाध्यमहरुले पाकिस्तानी सेनाको कब्जामा परेर फिर्ता भएका वायु सेनाका विङ कमाण्डर अभिनन्दन वर्तमानले नै गएको २७ फेब्रुअरी मा पाकिस्तानी लडाकु विमा एफ–१६ ध्वस्त बनाएको जनाएका छन् । भारतीय सञ्चारमाध्यम इण्डिया टू डेले अभिनन्दनले मिग २१ लडाकु विमानबाट पाकिस्तानी लडाकु विमान एफ–१६ लाई आर–७३ मिसाइलबाट ध्वस्त बनाएको जनाएको छ । साथै यसबाट पाकिस्तानले सो आक्रमणमा एफ–१६ वि मान प्रयोग गरेकोसमेत पुष्टि भएको भारतीय सञ्चारमाध्यमको दावी छ ।

 

उता पाकिस्तानले भने एफ–१६ विमान सो मिसनमा प्रयोग नै नगरेको बताउँदै आएको छ ।उसले आफ्नो विमान भारतीय विमानले खसालेको पनि स्वीकार गरेको छैन । उल्टै दुई वटा भारतीय लडाकु विमान खसालेको उसको दावी छ । भारतीय सेनाले पत्रकार स म्मेलन गरि पाकिस्तानी लडाकु विमान–१६ को टुक्रा भनेर पनि केही प्रमाणहरु सार्वजनिक गरेको थियो।यद्यपी भारतीय सेनाले सार्वजनिक गरेका ती टुक्रा पाकिस्तानी विमान एफ–१६ कै हुन् भन्ने स्वतन्त्र पुष्टि भएको छैन ।तर, भारतीय सञ्चारमाध्यहरुले भने लगातार पाकिस्तानी विमा खसालेको दावी गर्दै आएका छन् ।

 

तर, पाकिस्तानले भारतीय दावी अस्वीकार गर्दै आएको छ । स्मरण रहोस भारतीय वायु सेनाले २६ फेब्रुअरीमा पाकिस्तानको बालाकोटमा बम खसालेपछि पाकिस्तानी वायु सेनाले २७ फेब्रुअरीमा भारतीय भूमिमा बस खसालेका थिए । सोही दिन पाकिस्तानले भारती य विमान खसालेको दावी गरेको थियो ।भारतले पनि पाकिस्तानी विमान खसालेको दावी गरेको थियो । भारतले आफ्नो विमान दुर्घटनाग्रस्त भएको बताएको छ भने पाकिस्तानले आफ्नो कुनै विमान दुर्घटनामा नपरेको बताएको छ । सोही दिन भारतीय वायु सेनाका कमाण्डर अभिनन्दन पाकिस्तानी सेनाको कब्जामा परेका थिए ।

 

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शान्तिको सन्देश भन्दै अभिनन्दनलाई भारत सुपुर्दगी गरेका थिए ।भारत प्रशासित जम्मू कश्मीरको पुलवामा जिल्लामा भएको एक आत्मघाति आतंकवादी आक्रमणमा परी कम्तिमा ४० जना भारतीय सुरक्षाकर्मी मारिएका थिए। सो घटनाको आरोप भारतले पाकिस्तानमाथि लगाएको थियो ।आतंकवादीको शिविर ध्वस्त बनाउन भन्दै भारतीय वायु सेनाले पाकिस्तानको बालाकोटमा हवाई आक्रमण गरेको थियो । त्यसको जवाफमा पाकिस्तानी सेनाले पनि भारतीय भूमिमा बम खसालेको थियो ।यद्यपी बालाकोटमा आतंकवादीको शिविर रहेको कुनै प्रमाण भेटिएको छैन ।एजेन्सी,