निर्मला हत्या प्रकरण : तत्कालीन प्रहरी नायव उपरिक्षक अंगुर जिसी बयान लिने क्रम नसकिएपछि प्रहरीको जिम्मा

कञ्चनपुर, चैत ११ । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्त प्रकरणका अभियुक्त केन्द्रिय अनुसन्धान व्यूरो (सिआइवी) का तत्कालीन प्रहरी नायव उपरिक्षक अंगुर जिसी संगको सोमबार बयान लिने क्रम नसकिए पछि जिल्ला प्रहरी कार्यालय जिम्मा लगाइएको छ ।

 

कञ्चनपुर जिल्ला अदालतमा सोमबार ११ बजे उपस्थीत भएका जिसी संग अदालतका न्यायाधिश डा राजेन्द्रकुमार आर्चायको उपस्थीतिमा बयान लिइएको छ ।

 

बयान लिने क्रम नसकिए पछि मंगलवार अदालतमा उपस्थीत हुने गरी प्रहरी जिम्मा लगाईएको जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले बताए ।

 

निर्मलाकी आमा दुर्गादेवी पन्तले सार्वजनिक न्याय विरुद्धको कसुर र दिलिप बिष्टका दाजु खडक बिष्टले याताना विरुद्धको कसुरमा जिसीविरुद्ध अदालतमा मुद्धा दर्ता गरेका थिए । उक्त मुद्दामा फरार रहेका जिसि आफैं अदालतमा उपस्थित भएका छन् ।