निर्मला हत्या प्रकरण : अछामबाट शंकास्पद दुई पक्राउ

काठमाडौं,चैत्र १५। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा विभिन्न पाटोबाट अनुसन्धान जारी राखेको नेपाल प्रहरीले अछामबाट शंकास्पद दुईजनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिबारे प्रहरीले केही खुलाएको छैन ।

कञ्चनपुरमै रहेर अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोलीले निर्मला हत्या प्रकरणमा संलग्न रहेको आशंकामा अछामबाट दुईजनालाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले बताएको छ । तर, कसलाई पक्राउ गरिएको र ती व्यक्ति को को हुन् भन्नेबारे भने प्रहरीले केही खुलाएको छैन ।

 

प्रहरी उच्च स्रोतका अनुसार यसअघि समेत अनुसन्धानका लागि पक्राउ गरेर ल्याइएका व्यक्तिको डीएनए जाँचका क्रममा म्याच नहुँदा निर्दोषलाई फसाउन खोजिएको भन्दै उल्टै प्रहरीको आलोचना भएपछि प्रहरीले यसबारेको सूचना गोप्य राखेको हो । प्रहरीले उनीहरूलाई राजधानी ल्याउने तयारी गरिरहेको छ ।

 

केन्द्रीय प्रहरी प्रवक्ता उत्तमराज सुवेदीसँग सो विषयबारे बुझ्न खोज्दा उनले आफूलाई कुनै जानकारी नआएको बताए । ‘मलाई यसबारे केही जानकारी छैन,’ केन्द्रीय प्रवक्ता सुवेदीले भने । यस्तै, कञ्चनपुरका डीएसपी ज्ञानबहादुर विष्टले समेत अछामको घटना भएकाले आफूलाई कुनै जानकारी नभएको जनाए । ‘मैले पनि त्यस्तै हल्ला सुनेको छु, अछामतिर बुझ्ने प्रयास गर्दै छु । तर, वास्तविकता के हो रु जानकारीमा आएको छैन,’ कञ्चनपुरका डीएसपी विष्टले भने ।

 

स्रोतका अनुसार प्रहरीले उनीहरूलाई केही दिनअघि पक्राउ गरेको हो । पक्राउ गरेलगत्तै उनीहरूसँग ब्युरोले बयानसमेत लिइसकेको छ । बयानकै क्रममा थप शंका उब्जिएपछि उनीहरूलाई डीएनए जाँचका लागि र अन्य थप अनुसन्धानका लागि भन्दै राजधानी ल्याउन लागिएको हो ।

पक्राउ परेका दुवैजना निर्मलाको हत्या भएको दिन ९गत १० साउन०मा कञ्चनपुरमै रहेको र घटनालगत्तै उनीहरू अछाम गएको बताइएको छ । १० साउनमा साथीको घर जान भन्दै हिँडेकी निर्मलाको ११ साउनमा घर नजिकैको उखुबारीमा शव फेला परेको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।