मोटरसाइकल दुर्घटनामा परि दुईजनाको मृत्यु

टीकापुर, चैत १९ । जानकी गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ । गाउँपालिकाको ३ नम्बर वडा भगतपुर भित्री बाटो जाने चोकमा मोटरसाइकल दुर्घटना भएको ईलाका प्रहरी कार्यालय टीकापुरका इन्स्पेक्टरले जानकारी दिनुभएको छ । उहाँका अनुसार से ६ प ४१६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बाटो छेउमा रहेको घरमा ठोक्किएको थियो ।

 

मोटरसाइकलमा सवार टीकापुर नगरपालिका वडा नम्बर २ शिवनगरका १७ बर्षिय दीपक चौधरी र विजयनगरका २२ बर्षिय राजेश चौधरीको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।

 

रक्सी खाएर मोटरसाइकल चलाएका कारण दुर्घटना भएको इन्स्पेक्टरले बताए । मृतक दुबैजनाको शव पोस्टमार्टम गरेर परिवारले बुझिसकेका छन ।