कलंकी स्यूचाटार पुलमुनि क्षतविक्षत अवस्थामा युवकको शव फेला

काठमाडौं ,चैत १९।मंगलबार बिहान कलंकी–स्वयम्भू सडकखण्ड अन्तर्गत स्यूचाटार पुलमुनी अन्दाजी ३०–३५ वर्षीय युवकको शव भेटिएको छ ।

नजिकै थुपारिएको फोहोरमा प्लास्टिक संकलन गर्ने सडक बालबालिकाले फोहोरले छोपेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले शव घेरा हालेर अनुसन्धान सुरु गरेको छ ।

 

प्रहरीका अनुसार युवकको घाँटी र कम्बरमा धारिलो हतियार प्रहार गरेको छ । अनुहार प्रष्ट भए पनि उनको पेट क्षतविक्षत हुनेगरी काटिएको छ ।

 

मृतक युवाको पहिचान हुन बाँकी रहेको प्रहरीको भनाइ छ। प्रहरीले कसैले हत्या गरेर फालेको आशंका गरेको छ ।