सर्वोच्चद्धारा पब्जी गेममाथिको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न आदेेश

 

काठमाण्डौँ, बैशाख ६ । सर्वोच्च अदालतले पब्जीमाथि सरकारले लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ।

 

शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारले लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

 

गएको बैशाख ३ गते अधिवक्ताहरु प्रवीण सुवेदी, विकास थापा, अनुराग सुवेदी, सुवास पाठक, रितेश पौड्याल तथा विनय रिमालले सरकारले लगाएको पब्जी खेल माथिको प्रतिबन्ध असंवैधानीक तथा अन्तर्राष्ट्रिय कानुन विपरीत भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको आग्रहमा नेपाल दूरसञ्चार प्राधिकरणले गएको चैत्र २८ गते नेपालमा पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको थियो ।