काठमाडौमा आउदो बैशाख २३ देखी ३० सम्म ऐतिहासिक गिताज्ञान महानुष्ठान हुने

  नरेन्द्र महतारा –

काठमाडाै,बैशाख १५। आउदो बैशाख २३ देखी ३० सम्म काठमाडौमा ऐतिहासिक गिताज्ञान महानुष्ठान हुने। नारायण पोखरेल प्रतिष्ठानले आगामी बैशाख २३ देखी ३० गतेसम्म काठमाडौको नागार्जुन ४,सितापाइला चोकमा ऐतिहासिक गिताज्ञान महानुष्ठान आयोजना गर्ने भएको छ।

 

संस्थाका संरक्षक पण्डित श्री दिनबन्धु पोखरेलले विशेषगरी युवा पुस्ताहरुलाइ सनातन धर्म ,संस्कृति, गिताका विषयमा जानकारी दिनका लागी र रामकोटमा निर्माणाधीन बद्रीनारायण धामको सहयोगको लागी उक्त कार्यक्रम आयोजना गर्न लागिएको उनले बताएका छन।संस्कृतिको पुनर्जागरण गर्नका लागी सबै लाग्नुपर्ने र त्यसका लागी आफ्नो प्रतिष्ठान सधै लागिपरेको उनको भनाइ छ।

 

त्यस्तै संस्थाका अध्यक्ष जयराम लामिछानेले यस पुणित कार्यमा कोहि पनि छुट्न नहुने उल्लेख गरेका छन।प्रतिष्ठानले आजसम्म विभिन्न ठाउहरुमा विभिन्न भवन,मन्दिरहरु,धर्मशाला,शैक्षिक संस्था,आश्रम,अन्य भौतिक संरचनाहरु निर्माण गर्दै आइरहेको छ।