मसूद अजहरलाई ‘विश्व आतंकवादी’ सूचीमा, जसले नेपालबाट विमान अपहरण गरेका थिए

काठमाडौं,बैशाख १८।संयुक्त राष्ट्रसंघले पाकिस्तानी चरमपन्थी संगठन जैश–ए–मोहम्मदका प्रमुख मसूद अजहरलाई ‘वैश्विक आतंकवादी’ घोषणा गर्दै सूचीकृत गरेको जनाएको छ।

संयुक्त राष्ट्र संघको प्रतिबन्ध सूचीमा मसूद अजहरलाई आतंकवादी घोषणा गरिएको संयुक्त राष्ट्रसंघका लागि भारतीय राजदूत सैयद अकबरुद्दीनले ट्वीट गर्दै पुष्टि गरेका छन् ।

 

भारत सरकार अजहरलाई आतंकवादी घोषण गर्न अलग–अलग मोर्चा बनाएर कुटनीतिक प्रयास गरिरहेपनि राष्ट्रसंघ अस्वीकार गर्दै आएको थियो। तर, पछिल्लो समय पुलवामा आक्रमणपछि भारतले फेरि यस मुद्दालाई विशेष प्राथमिकताका साथ उठाएको थियो । चीनको समर्थन नपाएकाले संयुक्त राष्ट्रसंघमा यो प्रस्ताव पटक–पटक खारेज भएको थियो । तर चीनले आफूले गर्दै आएको ुटेक्निकल होल्डु फिर्ता लिएपछि राष्ट्रसंघले मसूद अजहरमाथि प्रतिबन्ध लगाउँदै आत‌ंककारीको सूचीमा राखेको हो ।

जसले नेपालबाट विमान अपहरण गरेका थिए

अपहरणकर्ताले काठमाडौंबाट दिल्लीका उडेको जहाजलाई अफगानिस्तानको कन्दाहार लगेका थिए । उनीहरुले भारतीय जेलमा रहेका मौलाना मसूद अजहर, मुश्ताक जरगर, शेख अहमद उमर सइदजस्ता चरमपन्थी नेताको रिहाईको माग गर्दै जहाज अपहरण गरेका थिए ।

 

जहाज हाइज्याक भएको ६ दिनपछि तत्कालीन भारतीय सरकारले अपहरणकारीको शर्त मान्दै चरमपन्थी नेताहरुलाई रिहा गरेको थियो । त्यसको बदलामा उनीहरुले कन्दहारमा अपहरण गरिराखेको यात्रुसहितको विमान छोडेका थियो । त्यतिबेला स्वर्गीय अटल बिहारी वाजपेयी नेतृत्वको सरकार रहेको थियो ।

 

त्यसलगत्तै मौलाना मसूद अजहरले फेब्रुअरी २००० मा जैश–ए–मोहम्मदको स्थापना गरेका थिए । त्यसपछि यो चरमपन्थी संगठनले भारतमा कैयौँ आतंककारी आक्रमण गरेको छ ।एजेन्सी,